अागलागी नियन्त्रणका लागी पानी ट्याङकी निमार्ण गर्ने जिल्ला दैबिक प्रकोप उद्धार समितीको निर्णय

सिर्जना बर्देवा/ 
ओखलढुंगा,माघ,११-
ओखलढुंगमा अगोलागीको घटना नियन्त्रणका लागी पानी ट्याङकी निमार्ण गरिने भएको छ । जिल्ला दैबिक प्रकोप उद्धार समितीको बुधबार बसेको बैठकले सदरमुकाम स्थित कृष्ण मन्दिरको आसपासमा ट्याङकी निमार्ण गर्ने निर्णय भएको हो ।

ट्याङकी निमार्णपछि प्रत्यक स्थानमा पुग्ने पाईप समेत जडान गरिने सहमति भएको सिद्धिचरण नगरपालिकाका मेयर मोहन कुमार श्रेष्ठले बताए । पाईपका निमार्ण ब्यवसायी संघले सहयोग गर्ने भएको छ ।

त्यस्तै जिल्लाका सात वटै स्थानिय तहमा ५ सय त्रिपाल र ३ सयका दरले कम्बल बितरण गरिने समेत बताइएको छ । सिद्धिचरण लोक मार्ग अन्तरगत जल्लपा मन्दिर छेउको पहिरो र शिक्षा कार्यलय मुनिको पहिरो रोगथामका लागि तारजाली लगाउने र तारजाली जल उत्थान प्रकोपलाई माग गर्ने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए ।

त्यस्तै जिल्लामा नाईटभिजन हेलिप्याट निमार्णका लागी नगरप्रमुख श्रेष्ठले रु १ लाख सहयोग गर्ने भएका छन् । त्यस्तै हेलिप्याटका लागी प्राबिधिक सहयोग भने नेपाल रेडक्रस सोसाईटि जिल्ला कार्य समतीले गर्ने सोसाईटिका संयोजक रेसम बाबु खड्काले प्रतिबद्धता जनाए ।