गोरखाको अँधेरीमा पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु

पिडितले अझै पाएनन् भुकम्पबाट राहत : सहयोगको लागी अपिल

के.पि खनाल/

गोरखा,साउन,३-

गोरखाको शहीद लखन थापा गाउँपालिका वडा नम्बर ६ अँधेरीमा बुधबार बिहान पहिरोले घर भत्किँदा तीन जनाको मृत्यु भएको छ ।

अधेरीका स्थानीय नवराज कुँवरको घर पहिरोले भत्किँदा उनकी छोरी १० वर्षीया प्रमिना कुवँर, भान्जी २० वर्षीया सरु र सरुकी आठ महिने छोराको मृत्यु भएको स्थानीय रामकृष्ण श्रेष्ठले जानकारी दिए ।रातीदेखि परेको अबिरल बर्षाका कारण पहिरो खस्दा उनीहरु बसेको कोठा पहिरोले पुरीदाँ तीनजनाको मुत्यु भएको हो ।

पिडित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी प्रदिप आले

बुधबार बिहान करिव ६:३० बजेतिर पहिरो गएको थियो । कुँवरकी भान्जी सरु पुजा निम्तो मान्न मामाघर गएकी थिइन् । पहिरोमा परी अन्य २ जना सामान्य घाइते भएको स्थानीयले बताएका छन् । यता, जिल्ला प्रहरी कार्यालय गोरखाले भने घटना स्थलतर्फ प्रहरी गइसेकेको जनाएको छ । लगातारको बर्षापछि गाउँका अन्य केही घरहरु पनि जोखिममा रहेको स्थानियबासीको भनाई छ ।

लगातारको बर्षाले त्यस क्षेत्रमा अन्य स्थानमा पनि पहिरो गएको स्थानीयबासीले बताएका छन् । पहिरोले एकै घरमा ३ जनाको मुत्यु भएपछि अधेरी गाउँ शोकमा डुवेको छ ।

यसैबीच स्थानीय लुदिखोलाले एक ट्याक्टर बगाएको छ ।
गोर्खामा बाढी पहिरोले तीन को मृत्यु ,कसैले नहेरेको पिडितको गुनासो केही बर्ष अघि आएको महा-भुकम्पको चपेटामा परेका गोर्खा लखन गाउँपालिका वार्ड नं. ०६ तिनघरमा फेरि हिजो साझको बाढीपहिरोले गाउँघर नै स्तब्ध बनाएको छ ।

पिडित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो खेलाडी प्रदिप आलेका अनुसार आफू भुकम्पबाट क्षतिग्रस्त हुदापनी कसैले नहेरेको गुनासो सुनाउनु हुदै पुन: हिजो साझको बाढिले आफ्नो लगायत केही घरपरिवारको घर मात्रै नभई ज्यान समेत लगेकोमा अत्यन्तै दुखित तुल्याएको सुनाए ,साथै सबै नेपालीहरुमा सहयोगका लागि अपिल गरेका छ्न ।

भुकम्पबाट मिल्ने राहत आजसम्म नपाएको भन्दै अझ पुन: बाढिपहिरोले गर्दा आफुहरु बस्नै नसक्नेभएको बताएका छ्न् । बाढीपिडीत परिवारलाई सहयोग गर्न चाहाने ईच्छुक ब्याक्तीले पीडिको मोबाईल नम्बर ९८४९४९८०७८ मा सम्पर्क गरि सहयोग गर्न सक्नुहुनेछ ।