बर्दियाका ७ वटा क्याम्पसमा भएको चुनवामा नेविसंघ पाँच वटा क्याम्पसमा विजयी

बर्दिया फागुन १९- बर्दियाका ७ वटा क्याम्पसमा स्ववियु चुनाव भएकोमा पाँच वटा क्याम्पसमा नेपाल विद्यार्थी संघको प्यानल बिजयी भएको छ भने दुईवटा क्याम्पसमा संयुक्त प्यानलका सभापति बिजयी भएका छन् । तीनवटा क्याम्पसमा स्थगित भएको छ ।

बबई नगरपालिका बगानाहामा रहेको चुरे क्याम्पस, मैनापोखरको शारदा बहुमुखी क्याम्पस, बाँसगढीको बाँसगढी बहुमुखी क्याम्पस, राजापुरमा रहेको अमरसहीद बहुमुखी क्याम्पस र डेउडाकला, लक्ष्मणामा रहेको बर्दिया बहुमुखी क्यम्पसमा नेबिसंघले जितेको छ ।

बबई नगरपालिका भुरीगाउँको मनुषा टिकासिँह थापा बहुमुखी क्याम्पस र सानो श्रीताराताल नगरपालिकाको गुराँस बहुमुखी क्याम्पसमा अनेरास्वबियु, कान्तिकारी सहितको संयुक्त प्यानल विजयी भएको छ । गुलरियाको बबई बहुमुखी क्याम्पस, जनसेवा बहुमुखी क्याम्पस वैदी र सदाशिव बहुमुखी क्याम्पस मगरागाडीमा भने स्ववियु चुनाव स्थगित भएको छ ।उज्योलोअनलाईनबाट साभार