प्रधानमन्त्री कप महिला भलिवल प्रतीयोगिताको उपाधी रेल्वेलाई

बाँके,फल्गुन,१९-नेपालगंजमा फागुन १४ गते देखि शुरु भएको प्रधानमन्त्री कप चौथौं इण्डो नेपाल महिला भलिवल प्रतीयोगिताको उपाधी भारतको रेल्वे टिमले जितेको छ । साविक विजेता रेल्वेले साविक उपविजेता एपिएफ क्लवलाई बुधबार नेपालगंजस्थित कर्वडहलमा ३-० को सोझो सेटमा हराउदैं उपाधी जितेको हो ।फाईनल खेलको पहिलो सेटमा रेल्वेले एपिएफलाई २७-२५ ले हराएको थियो ।

पहिलो सेट जितेर उच्च मनोवलका साथ कोर्टमा प्रवेश गरेको रेल्वेका खेलाडीेले दोस्रो सेट २५- १७ ले जित्दा तेस्रो सेट २५ -२२ ले आफ्नो पक्षमा पारेका थिए । तेस्रो स्थानको लागि भएको खेलमा पुलिसले आर्मीमाथी ३ -१ को जित निकालेको थियो । पुलिसले पहिलो तेस्रो र चौथौ सेट क्रमश २५- १८ -२५- १५ र २५-२३ ले आफ्नो नाममा लेखाउँदा दोस्रो सेट आर्मीले २५ २० ले जित्न सफल भएको थियो ।

प्रतीयोगितामा उत्कृष्ट प्रदर्शन गरेकि रेल्वेकी अनुश्री घोषले सर्वोउत्कृष्ट खेलाडीको उपाधी जितिन् । उनले नगद १० हजार पाप्त गरिन । यसैगरि विधागततर्फ उत्कृष्ट स्पकाईकरमा एपिएफकी सरस्वती चौधरी,उत्कृष्ट ब्लकरमा एपिएफकी उष विष्ट,उत्कृष्ट सर्भरमा एपिएफकै नेबिका चौधरी घोषित भए । त्यस्तै उत्कृष्ट सेटरमा रेल्वेकी रिचु म्यारी र उत्कृष्ट डिफेन्सको उपाधी रेल्वेकै पिरोस्मिता बापरीले हात पारिन् ।

उनीहरुले जनहि नगद २ हजार प्राप्त गरेको आयोजकले जनाएको छ । प्रतियोगिताका बिजेता टिम तथा खेलाडिलाई राष्ट्रिय खेलकुद परिषदका कोषध्यक्ष सुरेन्द्र हमाल,सदस्यद्धय बिनोद मैनाली,शान्ती सिंह,नेपाल भलिवल संघका वरिष्ठ उपाध्यक्ष यमबहादुर गुरुङ,नेपाल भारोत्तोलन संघका अध्यक्ष रतन टण्डन मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुल विकास समितिका

अध्यक्ष भीम ओली आयोजक बाँके जिल्ला भलिवल संघका अध्यक्ष टिएस ठकुरी लगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो । लिगकम नकआउटको आधारमा संचालन नभएके प्रतीयोगिताको विजेताले १ लाख ११ हजार ,दोस्रोले ५५ हजार र तेस्रोले ३५ हजार रुपैंया प्राप्त गरेका छन् । उक्त प्रतीयोगितामा कुल ६ टिमको सहभागिता रहेको थियो ।