बृहत खेलकुद सप्ताह सम्पन्न

ओखलढुंगा,असोज,२८-
ओखलढुंगाको मानेभन्ज्याङमा असोज २२ बाट सुरु भएको बृहत खेलकुद सप्ताह सम्पन्न भएको छ । मानेभन्ज्यांग गाउँपालिकाले आयोजना गरेको बृहत खेलकुद सप्ताह अन्तर्गत वडा भित्रका दोश्रो पुरुष फुटबल, पहिलो महिला, पुरुष भलिबल र महिला, पुरुष ब्याटमिन्टन प्रतियोगिता भएका थिए । दोश्रो अन्तर वडा स्तरिय पुरुष फुटबल तर्फको पहिलो उपाधी नयाँ नेपाल सरोकार समाज मानेभन्ज्यांग गाउँपालिका ६ सोक्माटारले जितेको छ ।

फाईनल खेलमा वाड नं.४ केत्तुकेलाई १–२ गोल अन्तरले पछि पार्दै नयाँ नेपाल सरकोर समाजले उपाधीमाथी कब्जा जमाएको हो । जितका लागि खेलको १५औँ र २५औँ मिनेटमा सोक्माटारका राजु राईले दुई गोल गरेका थिए । जवाफमा केत्तुकेका तर्फबाट धिराज अधिकारीले खेलको ४५ औँ मिनेटमा एक गोल फर्काए पनी टिमलाई हारबाट जोगाउन सकेनन् । विजेता टिमले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा दोश्रो र तेश्रो भएका केत्तुके र मानेभन्ज्यांग युवा क्लबले नगद रु ३५ र २० हजार साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा २८ टिमको सहभागिता थियो । पुरुष भलिबल तर्फ मानेभन्ज्यांग–४ केत्तुके पंखु समूह बी प्रथम, समूह ए दोश्रो र वडा नं.४ मोली तेश्रो भएका छन् । पहिलो स्थान हासिल गर्ने समूहले नगद ४० हजारका साथ शिल्ड, मेडल र खेलाडि प्रमाणपत्र पयाएका छन् ।

दोश्रो र तेश्रो समूहले नगद रु २५ र १५ हजार सहित मेडल र प्रमाणपत्र हात पारे । पुरुष भलिबल तर्फ १२ टिमको सहभागिता थियो । आठ टिमको सहभागिता रहेको महिला भलिबल प्रतियोगितामा सात समुहलाई पछि पार्दै मानेभन्ज्यांग युवा समूह ए मानेभन्ज्यांग–५ ले प्रथम उपाधी जितेको छ । फाईनल खेलमा वाड नं.१ मोलिलाई हराउदै मानेभन्ज्यांग प्रथम भएको हो ।

विजेता समूहले नगद रु २५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् भने दाश्रो वाड नं.१ मोली र तेश्रो भएका वाड नंं.४ केत्तुके पंखुले क्रमशः नगद रु १७ र १० हजार साथै मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । बृहत खेलकुद सप्ताह अन्तर्गत ब्याटमिन्टन प्राितयोगतामा पुरुष डबल्स तर्फ प्रथम वाड नं. ३ उबुँका सौराज राई र रोहित राई साथै देविराज राई र बालकृष्ण राईको समूह दोश्रो भएका छन् ।

वाड नं. १ मोलीका ज्ञानेन्द्र रुम्दाली र धिरेन्द्र रुम्दाली र उबुँका मनराज राई र छविराज राईको समूहले तेश्रो स्थान हासिल गरेका छन् । प्रातियोगितामा प्रथम भएका समूहले नगद रु १५ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे भने दोश्रो र तेश्रो भएका समूहले क्रमशः नगद दश र आठ हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार हात पारेका छन् ।

त्यसैगरी महिला ब्याटमिन्टन डबल्स तर्फ प्रथम वाड नं. ५ का तारा श्रेष्ठ र सावित्रा राई, दोश्रो वाड नं. ३ उबुँका मोनिका राई र सोनिया राई साथै उबुँकै संग्रिला राई र प्रेमकुमारी राई र वाड नंं.५ का पवित्रा राई र सरिता राईको समूह तेश्रो भएका छन् । महिला ब्याटमिन्टन डबल्स तर्फ प्रथम भएका समूहले नगद रु १० हजार शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।

दोश्रो र तेश्रो भएका समूहले क्रमशः नगद रु सात र छ हजार साथै मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ । ब्याटमिन्टन डबल्सतर्फको खेलमा पुरुष १७ र पाँच टिम महिला समूहको सहभागिता रहेको थियो । सम्पुर्ण खेल प्रातियोगिता नक आउट विधिबाट सञ्चालन गरिएको वाड नं. ५ का वडा अध्यक्ष तथा खेल संयोजक रामकुमार राईले जानकारी दिए । बृहत खेलकुद सप्ताह सफलतापुर्वक सम्पन्न भएको मानेभन्ज्यांग गाउँपालिकाका प्रमुख मोतिराज राईले बताए छन् ।