जोमसोम-कोरोला सडक स्तरोन्नतीको काम अन्तिम चरणमा

म्याग्दी,पुष,९-जोमसोम-कोरला सडक स्तरोन्नतिको कार्य अन्तिम चरणमा पुगेको छ।राष्ट्रिय गौरवको कालिगण्डकी कोरिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजना अन्तरगत मुस्ताङको जोमसोमदेखि नेपाल-चीन सिमानासम्म सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको हो ।

जोमसोमदेखि कोरला नाकासम्मको १ सय १० किलोमिटर सडकको ७ वटा खण्डमध्ये ६ वटा खण्ड सम्पन्न भएको छ भने एउटामा काम अन्तिम चरणमा पुगेको छ ।

 

उक्त खण्डको सडकलाई दुई लेनको ग्राभेल बनाउन बेनी-जोमसोम-कोरला सडक आयोजनाले विसं २०७३ असोजदेखि सातवटा खण्डमा ठेक्का लगाएको थियो।जोमसोम-कोरला सडक स्तरोन्नतिका लागि दुई अर्ब छ करोड रूपैयाँ बजेट विनियोजन भएको थियो ।