भारतमा एकै दिन ६१ सय कोरोना संक्रमित थपिए, १४६ को मृत्यु

काठमाडौं,जेठ,७-भारतमा एकै दिन ६ हजार भन्दा धेरै कोरोना संक्रमित फेला परेका छन्।मंगलबार भारतमा ६ हजार १ सय ४७ जना नयाँ संक्रमित फेला परेका हुन्। यो सँगै भारतमा संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ७५ पुगेको छ।

वल्डओमिटरको बुधबार बिहान पौने ९ बजेसम्मको तथ्यांक अनुसार भारतमा मृतकको संख्या ३ हजार ३ सय २ पुगेको छ। मंगलबार एकैदिन भारतमा १ सय ४६ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्।

गएको २४ घन्टामा विश्वभर कोरोना संक्रमणको कारण ४ हजार ५ सय ७० जनाले ज्यान गुमाएका छन्। विश्वभर अहिलेसम्म ज्यान गुमाउनेको संख्या ३ लाख २४ हजार ५ सय ५३ पुगेको छ।

संक्रमितको संख्या ५० लाख नजिक पुगेको छ। अहिलेसम्म ४९ लाख ८२ हजार ८ सय ७५ जना संक्रमित भएका छन्। हिजो एकै दिन विश्वभर गरेर ९४ हजार ७ सय ५१ जना नयाँ संक्रमित थपिएका छन्।

मंगलबार सबैभन्दा धेरै अमेरिकामा २० हजार भन्दा बढी र ब्राजिलमा १६ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन्।ब्राजिलमा एकै दिन ११ सय ३० जनाले ज्यान गुमाएका छन् भने भने अमेरिकामा १५ सय ५२ जनाले ज्यान गुमाएका छन्।