रोल्पा अस्पतालको आइसोलेसनमा मृत्यु भएको युवकमा काेरोना नरहेको पुष्टी

काठमाडौं,जेठ,७-रोल्पा जिल्ला अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएका युवकमा कोरोना संक्रमण नरहेको पुष्टि भएको छ।
 
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको उनको स्बाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो।

आइतबार रातिदेखि रोल्पा अस्पतालको आइसोलेसनमा राखिएका ती युवकको सोमबार अपराह्न मृत्यु भएको थियो। उनी मिर्गाैलाका रोगी थिए।