म सधै व्यावसायीक हितका लागी काम गर्छु : जोशी

दाङ,साउन,३०-

यहि साउन ३१ गते हुने दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनका उद्योग उपाध्यक्ष पदका उम्मेद्धारी योग्य,इमान्दार,सक्षम, कर्मठ हुनुहुन्छ उद्योगी व्यापारीहरुको हक हितका पक्षमा जुन सुकै निकायका पक्षसंग डटेर लड्ने क्षमता भएको व्यक्ति हुनुहुन्छ बसन्त जोशी । उहाँ संग दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचनमै केन्द्रित रहेर रोशन घर्तिले गर्नुभएको कुराकानी !

बसन्त जोशी

१- तपाईको उम्मेद्धारी किन र के का लागी ?
व्यवसायीक सुरक्षा , बजार व्यवस्थित गरी व्यापार व्यवसाय विस्तार गर्नुका साथै व्यापारीमा पर्ने कर भ्याट र अन्डरविलिङको समस्या सुधार गर्नका लागी मेरो उम्मवारी हो ।
२ मतदाताले तपाईलाई किन भोट हाल्ने ?
सधै म व्यावसायीक हितका लागी काम गर्ने ब्यापारीको समस्या बुझ्ने आएको समस्या सुल्झाउने सामाजिक पक्षमा सकृय रहने भएकाले मलाई भोट हाल्नुपर्छ जस्तो लाग्छ ।
३ तपाईको पक्षमा माहोल कस्तो बनाउनुभएको छ ? 
धरै राम्रो माहोल बनेको छ । किनकी व्यवसायी मित्रहरुले नै मलाई उम्मेद्धारी दिनमा प्रेरणा दिनुभएको हो ।
४ साना व्यवसायी देखी ठुलो ब्यापारी सँगको सम्बन्धका निम्ती यहाको पहल कस्तो रहनेछ ?
यसमा व्यवसायी साना हुन या ठुला उहाहरुमा आएको समस्या समाधान गर्नु मेरो पहिलो काम हुनेछ र सबै व्यापारी भएकोले सम्बन्ध एकैनासको हुनेछ ।
५. जितेपछि के गर्ने योजना छ ?
जितेपछि मैले गर्नुपर्ने कामहरु धेरै छ ।
दाङलाई प्रादेशिक राजधानी बनाउन बिशेष पहल गर्नेछु
झोले फर्मलाई व्यवस्थित गर्नेछु ।
भन्सारबाट हुने चुहावट नियन्त्रण गर्नेछु ।
हाट बजारको व्यवस्थापन गर्नेछु ।
कर भ्याटको समस्या मा सुधार ल्याउने छु।
आयोजित क्षेत्र निमार्णमा पहल गर्नेछु ।
६ .अन्त्यमा के भन्न चाहानुहुन्छ ?
म सम्पुर्ण मतदाताहरुलाई के भन्न चाहन्छु भने फर्म दर्ता गरेकै भरमा नेतृत्वमा आउन खोज्नेलाई भन्.दा वास्तविक व्यवसायीलाई जिताउदा भोली व्यापारीमा आउने समस्या समाधान हुने भएकाले सबै व्यापारीलाई वास्तविक व्यापारीलाई पहीचान गरी भोट हाल्न अनुरोध गर्दछु ।