बर्दियामा बस पल्टिँदा १३ जना घाईते २ जना सिकिस्त

नेपालगन्ज,अशोज,१४-
बर्दियाको राजापुर देखि नेपालगन्ज अाउदै गरेको ना-७-ख ७३२८ नम्बरको बस मधुवन नगरपालिका खाता भन्ने ठाउँमा सडकमा पल्टिँदा १३ जना सख्त घाइते भएका र दुई जनाको अबस्था गम्भीर रहेको छ।

घाइतेहरुलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा ल्याईएको थियो । घाइते हुनेहरुमा बर्दिया जिल्ला मधुवन न-पा- ५ बस्ने वर्ष १८ को श्यामलाल थारु गाडीको खलासी , बारबर्दिया न-पा- ४ बस्ने वर्ष ३० कि शुभद्रा थारु, राजापुर न-पा- ४ बस्ने वर्ष ७७ को

बाबुराम वैश्य, सोही न-पा- ४ बस्ने वर्ष ४२ कि कमला अाले, वर्ष २६ कि नितु अाले, वर्ष २२ कि सीमा खान, रेश्मा खान, बारबर्दिया न-पा- ४ बस्ने वर्ष ३२ कि सीता थारु, जिल्ला कैलाली टिकापुर न-पा- ५ बस्ने वर्ष २५ को किशोर थारु, सोही न-पा- १ बस्ने वर्ष ६० को बिर बहादुर दमाई लगायतका घाइते भएका थिए ।

घाइतेहरु मध्ये श्यामलाल थारु र बिर बहादुर दमाई अलि बढी सिकिस्त भएको अस्पतालले बताएको छ । सम्पूर्ण घाइतेको उपचार नेपालगन्ज मेडिकल कलेजमा भईरहेको छ ।