गायक गोपाल नेपाल जि.एम.लाई प्रेमिकाको माया उल्का लागेपछी

ज्ञानु सङ्गम खड्का /
नेपालगन्ज,चैत,१७-

चर्चित लोक दोहरी गीत “मेरो माया लयो आफन्तैले” बाट आफुलाई व्यवसायिक गायकका रुपमा चिनाउन सफल लोक दोहरी गायक गोपाल नेपाल जि.एम.ले फेरि अर्को आफ्नै लय तथा शब्दमा आफ्नो साङ्गीतिक यात्राकै एकदम धमाकेदार एवम फरक गीत “मेरो माया उल्का भो” साङ्गीतिक बजारमा ल्याएका छन।

गोपाल नेपाल जि.एम.कै उत्कृष्ट लय तथा शब्द रहेको उक्त गीतमा आवाज गोपाल नेपाल जि.एम. र झुमा डाँगीको रहेको छ। जहिले पनि आफुले गीत गर्दा मौलिक लोक पन नछुटाउने अनि फरक गर्न कोसिस गर्ने गायक गोपालले यो गीतमा पनि मौलिक पनलाई निरन्तरता दिएका छन।

सुन्दा मौलिक धुनको आभास हुने र एकदम नाचौँ नाचौँ लाग्ने उक्त गीतको भिडियोमा गायक आफैले धमाकेदार नृत्य गरेका छन । गीतको भिडियोमा उनलाई पछिल्लो समयकी निकै चर्चित नृत्याङ्गना रश्मि तामाङ्गले नृत्यमा साथ दिएकी छिन। रश्मिले एउटा म्युजिक भिडियो खेलेको ४० हजार लिने गरेको थाहा पाउँदा पाउँदै पनि भिडियोको गुनस्तर बढाउन रश्मिलाई नै ४० हजार तिरेर नचाएको गायक गोपाल नेपाल जि.एम.ले बताए।

नाचौ नाचौ लाग्ने उक्त गीतको भिडियोलाई चर्चित निर्देशक बिक्रम चौहानले निर्देशन तथा प्रकाश खड्काले छायाँकन गरेका हुन भने भिडियोलाई मिलन बि.क.ले सम्पादन गरेका हुन।

गीतको सम्पुर्ण युनिट्लाई सफलताको कामना गर्दछौँ ( बिहानी अनलाईन परिवार) ।।