कार्यक्रमलाई लक्षित गरि विष्फोट

अबस्था सामान्य रहेको प्रहरी भनाई

सिर्जना बर्देवा/
ओखलढुंगा,मंसिर २-
ओखलढुंगा जिल्लाका विभिन्न ठाउँमा वाम गठबन्धनका कार्यक्रममा सहभागी हुन आउने बस तथा जीपलाई लक्षित गरेर विष्फोट भएका छन् ।

सुनकोशी गाउँपालिकाको च्यानममा गठबन्धनका नेता तथा कार्यकर्ता चढेका जीपमा लक्षित गरि तीन ओटा हातेबम प्रहार भएका थिए । एक ओटा विष्फोट भए पनि क्षति भने भएन ।

त्यस्तै मोलुङ गाउँपालिका १ मा गठबन्धनको कार्यक्रमलाई लक्षित गरि सडकमा माइन बम राखिएको थियो । सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालयल ओखलढुंगाले जनाएको छ । घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।