चन्दा अर्यालको ओहो महादेव

रोशन घर्ति, 
दाङ,असार,२८-
महिलाको महान पर्व तिजको संघारमा पुग्न अझै डेढ महिना बाँकी रहदा पनि तिजका गित बजारमा घन्किन सुरु भईुसकेको छ । तिज पर्व आउनु पूर्ब तीन चार महिना पहिले देखी नै तयारी थाल्ने कलाकारहरुले विभिन्न भाकामा यस बर्ष पनि तिजका गितहरु बजारमा ल्याएका छन् ।

यस्तै चर्चित लोकदोहोरी गायीका चन्दा अर्यालको पनि ओहो महादेब बोलको गित सार्वजनिक भएको छ । पछिल्लो समय स्टेज देखी स्टुडियो सम्म सर्वाधिक रुचाईकि गायीका हुन चन्दा अर्याल । स्याउ ल्याईदेउ किरा मायाले झुक्यायो लगायतका गितबाट

दर्शक स्रोताको मन जित्न सफल गायीका यो वर्ष सार्वजनिक गित ओहो महादेवले पनि दर्शकको मन जित्नेमा विश्वास लिएको बताएकीछिन । यसो त अर्यालले पछिल्लो समय तिज गितमा पनि राम्रो सफलता पाई सकेको पाईन्छ ।

उक्त गित तिर्सना म्युजिक प्रालिको प्रस्तुतीमा सार्वजनिक भएको हो । चन्दा अर्यालको एकल आवाज रहेको प्रस्तुत गितमा बसन्त सापकोटाको सगिंत एवं बाबुराम बोहोराको शब्द रहेको छ ।

उक्त गितमा बाबुराम बोहोरा र रजनी केसीको अभिनय रहेको छ । मौसमी हिमालीको कोरीगा्रफर,दुर्गा पौडेलको छाँयाकन,प्रविन भट्टको सम्पादन,बब्बु थापाको निर्देशन रहेको छ ।
गितले राम्रो सफलता पाओस बिहानी अनलाईनको तर्फबाट शुभकामना