खजुरा गाउँपालिकाका प्रमुख र वडा अध्यक्षलाई सम्मान

मधुपौडेल,

बाँके,असार,२८-

बाँकेको खजुरा गाउँपालिकाका प्रमुख तथा वडा अध्यक्षलाई सम्मान तथा स्वागत कार्यक्रम गरीएको छ । ज्ञानुदय पब्लिक क्याम्पस खजुराको आयोजनामा उक्त सम्मान तथा स्वागतको कार्यक्रम आयोजना गरीएको थियो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष पुर्ण भण्डारीको अध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा नवनिर्वाचित खजुरा गाउँपालिकाका प्रमुख किस्मत कक्षपति र क्याम्पस रहेको सम्वन्धित वडा न ३ का वडा अध्यक्ष कान्तु गौतमलाई सम्मान गरीएको थियो ।

गाउँपालिका प्रमुख कक्षपति को प्रमुख आतित्थमा सम्पन्न उक्त सम्मान कार्यक्रममा विशिष्ट अतिथिमा वडा अध्यक्ष गौतम रहनु भएको थियो ।

कार्यक्रममा क्याम्पसको अवस्थाको बारेमा क्याम्पसका पुर्व क्याम्पस प्रमुख तथा व्यावस्थापन समितिका सदस्य इन्द्र बहादुर भण्डारीले जनाकारी गराउनु भएको थियो ।

सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गाउँपालिका प्रमुख कक्षपतिले विषेश कार्यक्रमको घोषण गर्दै तत्काल क्याम्पसलाई एक थान प्रोजेक्टर, एक थान ल्यापटप ,

आइसिटीको लागि स्कार्ट बोर्ड उपलब्ध गराउनु घोषण गर्नु भएको क्याम्पसका पुर्व क्याम्पस प्रमुख तथा व्यवस्थापन समितिका सदस्य भण्डारीले हामीलाई जानकारी दिनु भएको छ ।

सदस्य भण्डारीका अनुसार गाउँपालिका प्रमुख कक्षपतिले अगामी दिनमा क्याम्पसको शैक्षिक विकासका लागि विशेष कार्यक्रम बनाएर अगाडि बढ्ने प्रतिवद्धता जाहेर गरेको जनकारी दिनु भएको छ ।

क्याम्पस विधान अनुसार गाउँपालिका प्रमुख र सम्वन्धित क्याम्पस रहेको वडाका अध्यक्षलाई सम्मान गर्ने व्यवस्था भएकाले गाउँपालिकाका प्रमुख र वडा अध्यक्षलाई सम्मान तथा स्वागत गरीएको क्याम्पस प्रमुख चरित्रा शाहले जनाकारी दिनु भएको छ । कार्यक्रमको सहजीकरण क्याम्पस प्रमुख शाहले गर्नु भएको थियो ।