भारतले प्रक्षेपण गर्‍यो सूर्यतर्फ आदित्य एल–१ नामक यान

एजेन्सी,भदौ,१४-भारतले सूर्यमा आफ्नो पहिलो मिसन आदित्य एल–१ नामक यान प्रक्षेपण गरेको छ।

भारतले चन्द्रमाको दक्षिणी ध्रुव नजिकै यान अवतरण गरेको एक हप्ता नपुग्दै सूर्यतर्फ आज अर्काो यान पठाएको हो।आन्ध्र प्रदेशको श्रीहरिकोटको प्रक्षेपण प्याडबाट सूर्यको अध्ययनको लागि यान पठाइएको हो।यो यान पृथ्वीबाट ९३ माइलको दूरीसम्म पुग्ने भारतीय खगोलशास्त्रीहरुको अनुमान छ।

उक्त दूरी पार गर्न आदित्य एल -१ लाई करीब चार महिना लाग्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन्।सौर्यमण्डलको सबैभन्दा ठूलो वस्तुको अध्ययन गर्न भारतको पहिलो अन्तरिक्ष आधारित मिशन सूर्यको नाम, आदित्य राखिएको हो।सो यानले पृथ्वीको गतिमा सूर्यको परिक्रमा गर्ने बताइएको छ।

आदित्य एल-१ सूर्यको लागि भारतको पहिलो मिसन हो।धेरै देशहरूले पहिले नै सूर्य अध्ययन गर्न मिसनहरू पठाइसकेका छन् ।