एसिया कप : आज भारत र पाकिस्तान खेल्दै

एसिया कप : भारत र पाकिस्तान खेल्दैकाठमाडौं,भदौ,१४-एसिया कपमा आज शनिबार उपाधिका दुई प्रमुख दाबेदार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ।खेल नेपाली समय अनुसार दिउँसो सवा ३ मा श्रीलंकाको पालेकेले क्रिकेट स्टेडियममा हुनेछ।

भारतको रोहित शर्मा र पाकिस्तानको बाबर आजमले कप्तानी गर्ने गर्दछन्।पहिलो खेलमा नेपाललाई पराजित गरेकोपाकिस्तान भारतलाई हराउँदै सुपर फोर प्रवेश गर्ने पहिलो टिम बन्न चाहन्छ। 

प्रतियोगिताको पहिलो खेल खेल्दै गरेको भारत जितका साथ यात्रा सुरु गर्न चाहन्छ।

पाकिस्तानले खेल हुनु अघिल्लो दिन नै आफ्नो प्लेईङ-११ घोषणा गरिसकेको छ।पहिलो खेलमा नेपाललाई पराजित गरेको ११ जना खेलाडीलाई नै उसले निरन्तरता दिएको छ।नेपालले आफ्नो दोस्रो खेलमा आगामी सोमबार भारतसँग खेल्दैछ।

पाकिस्तानको प्लेइङ ११ :

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ 

भारतको टोली :

रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐर, सूर्यकुमार यादव, तिलक बर्मा, लोकेश राहुल, ईशान किशन, हार्दिक पान्ड्या , रविन्द्र जडेजा, शार्दुल ठाकुर, अक्षर पटेल, कुलदीप यादव, मोहम्मद शिराज, जस्प्रित बुमराह, मोहम्मद शामी र प्रसिद्ध कृष्ण
सन्जु स्यामसन (वैकल्पिक)