नेपालगंजमा एमालेले गर्यो खादा ओढाएर उम्मेदवारलाइ सम्मान

नेपालगन्ज,जेठ,७
नेकपा एमाले वडा नं.१०मा जेठ ३१ गते हुने स्थानिय निकायको निर्बाचनको निम्ति वडा कमिटिको तर्फबाट प्रस्ताव गरीएका उम्मेदवारलाइ खादा ओढाएर सम्मान गरीएको छ ।

नेकपा एमाले चेतनानगर टोल कमिटिका अध्यक्ष सुनिता सिग्देलद्धारा जितेर विकास निर्माणमा अग्रसर रहन सुझाव दिदै सम्मान गरीएको थियो ।

नेकपा एमाले वडा नं.१०का प्रस्तावित उम्मेदवारहरु अध्यक्ष दमन कुमार श्रेष्ठ,महिला सदस्य अछरी पोखरेल,दलित महिला सदस्य सपना बासखोर र सदस्यहरुमा शोभा विसी,मधु भुषाल लगायतका रहेका छन् ।

वडा नं.१०का प्रस्तावित अध्यक्ष दमन कुमार श्रेष्ठले आफुले चुनाव जितेपछि टोलटोलका बाटो निर्माण गर्ने विकास निर्माणमा अग्रसरता रहने जनताको सेवा गर्ने बताउनु भयो ।

नेकपा एमाले चेतनानगर टोल कमिटिका सचिव उमा कोरीद्धारा संचालन गरीएको सम्मान तथा परिचय कार्यक्रममा ३ दर्जन बढीको उपस्थिति रहेको थियो ।