४३ जिल्लाका निर्वाचन कार्यलयहरु नियमित काममा

काठमाडौं,जेठ,७-

दोस्रो चरणको निर्वाचन हुन बाँकी ४३ जिल्लाका मूख्य निर्वाचन कार्यालयहरुले नियमित काम गर्ने भएका छन् । जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनको कार्यक्रम अन्तरगत अधिकासँ जिल्लाका आयोगले दोस्रो तहको निर्वाचन कार्याक्रमका लागि काम सुरु गर्ने छन् ।

निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि ४३ जिल्लामा रहेका मुख्य निर्वाचन कार्यालय पूर्ण रूपमा सञ्चालनमा ल्याउने र दोस्रो चरणको निर्वाचनको कार्यतालिका कार्यान्वयन सुरु गर्ने जनाएको छ । दोस्रो चरणमा प्रदेश नम्बर १, २, ५ र ७ गरी चार प्रदेशका ४३ जिल्लाका ४६१ स्थानीय तहमा निर्वाचन हुँदैछ ।

चार प्रदेशमा हुने निर्वाचनमा रुकुम र नवलपरासी जिल्ला दुई प्रदेशमा परेपछि दोस्रो चरणको निर्वाचनमा ४३ जिल्लामा निर्वाचन हुन लागेको हो । आगामि जेठ १५ बाट निर्वाचन अधिकृतको कार्यालय पनि सञ्चालनमा आउने आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिनुभयो । नेपालवाणीबाट साभार