अबैध काम रोक्न नेपालगंज वडा प्रहरी कार्यालय सक्रिय

नेपालगञ्ज,असोज,२२-
चाडपर्वको अवसर पारी नेपालगञ्जमा हुने अवैध कामलाई निरुत्साहित गर्न प्रहरी सक्रिय बनेको छ । नेपालगञ्जमा हुन सक्ने अबैध काम तथा सीमा क्षेत्रबाट हुने अबैध ओसार पसारको कामलाई नियन्त्रण गर्न नेपालगञ्जमा प्रहरीले सक्रियता बढाएको हो । सोही क्रममा आइतबार प्रहरीले नेपालगञ्जमा अबैध खसी तथा अण्डा पक्राउ गरेको छ ।

आइतबार साँझ वडा प्रहरी कार्यालय नेपालगञ्जको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ बाँकेगाउबाट अबैध रुपमा नेपाल ल्याइएको १६ वटा बोका र ५६ क्यारेट अण्डा नियन्त्रणमा लिएको जनाएको छ । त्यस्तै आज विहान प्रहरीले ९४ वटा बौइलर कुखुरासहित ३ थान साईकल पक्राउ गरेको छ ।

प्रहरीले नेपालगञ्ज उपमहानगरपालिका वडा नं.–१२ कोरियनपुरमा भारतवाट साइकलमा नेपाल ल्याउदै गरको अवस्थामा ९४ वटा ब्रोइलर र ३ वटा साइकल नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ गरिएको सबै सामान सम्बन्धित कार्यालयमा पठाईएको वडा प्रहरी कार्यालय नेपालञ्जका प्रमुख प्रहरी निरिक्षक नारायण डाँङ्गीले जानकारी दिनुभयो ।