बिद्यालय स्तरीय चित्रकलामा धम्बोझी मा वि प्रथम

नेपालगञ्ज,असोज,२२
बिद्यार्थीहरुको प्रतिभा प्रस्फुटन गर्न आयोजना गरिएको बिद्यालयस्तरिय चित्रकला प्रतियोगितामा धम्बोझी माध्यमिक बिद्यालय प्रथम भएको छ । बिद्यार्थीहरुमा लुकेर रहेको प्रतिभालाई उजागर गर्न आज आयोजना गरिएको वातावरण सम्बन्धि प्राकृतिक शोन्दर्यता बिषयक चित्रकलामा धम्बोझी माबिकी छात्रा कल्पना बिएम प्रथम भएकी हुन ।

प्रतियोगितामा धम्बोझी माबिकै छात्रा हेलेन शाही द्धितिय भएकी छन् । नेपालगञ्जभित्रका सात बिद्यालय सहभागि प्रतियोगितामा सरस्वती माध्यमिक बिद्यालयकी छात्रा पुनम शाहु तृतिय र अर्चना डाँगी सान्तवना स्थान हासिल गरेकी छन् । बिद्यार्थीहरुमा हौसला बढाउन तथा उनीहरुको क्षमता बृद्धि गर्न यस्ता किसिमको क्रियाकलापको महसुश गर्दै चित्रकला आयोजना गरिएको सरस्वती माबिका प्रचार्य सुरेस प्रसाद परसौलाले जानकारी दिनुभयो ।

सेफ द चिल्ड्रेन तथा सामाजिक बिकास मंच (एस डि एफ) बाँकेको सहयोग तथा सहकार्यमा सरस्वती माध्यमिक बिद्यालयले प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा नेपालगञ्जको सरस्वती माबि, धम्बोझी माबि, महेन्द्र माबि, मंगल माबि, फुल्टेक्रा माबि, युद्ध संस्कृत माबि र नारायण माबिबाट तीन जनाका दरले २१ जना बिद्यार्थीहरुले सहभागिता जनाएको सामाजिक बिकास मंचका कार्यक्रम संयोजक कृष्ण प्रसाद थारुले बताउनुभयो ।

प्रतियोगितामा बरिष्ठ कलाकार श्यामानन्द सिंह, अवधी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष बिष्णुलाल कुम्हाल र कलाकार तथा शिक्षक शुन्दर गुरुङ्गले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । प्रतियोगिताले बिद्यार्थीमा रहेको सीप कलालाई हेर्ने अवसर प्रदान गरेको निर्णायकमध्येका बरिष्ठ कलाकार सिंहले बताउनुभयो ।