मधेसी मोर्चासँगको बालुवाटार बैठक अनिर्णित, बुधबार फेरि बस्ने

काठमाडौं, माघ १७-प्रमुख सत्तारुढ दल र मधेसी मोर्चाबीचको बैठक बिना निर्णय सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकमा मधेसी मोर्चाले स्थानीय तहको संख्याको विषय प्रमुखताका साथ उठाएको थियो।संविधान संशोधनलाई प्रमुख विषय बनाउँदै आएको मोर्चाले यसपटक भने स्थानीय तहको संख्याका विषय अघि सारेको हो।जनसंख्याको अनुपातमा स्थानीय तह पनि हुनुपर्‍यो, मधेसमा

जनसंख्या ५२ प्रतिशत छ भने स्थानीय तह पनि त्यही अनुपातमा हुनुपर्‍यो,मोर्चाका एक नेताले भभन्नुभयो त्यसैले संविधान संशोधन हुँदा स्थानीय तहको विषयमा पनि पुनर्विचार हुनुपर्‍यो।नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार मोर्चाले स्थानीय तहका विषयमा विगतमा राख्दै आएको अडानमा जोड दिएको थियो। बैठक बुधबार फेरि बस्ने गरी स्थगित भएको नेता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन, स्थानीय निकायको निर्वाचन लगायत विषयमा छलफल गर्न बैठक बोलाउनु भएको थियो ।स्थानीय निकायको निर्वाचन अनिश्चित हुँदा संविधान कार्यान्वयनमा जटिलता आउने र प्राप्त

उपलब्धि गुम्ने भएकाले पछिल्ला दिनमा प्रधानमन्त्री दाहालले मधेसी मोर्चासहित विपक्षीलाई सहमतिमा ल्याउने प्रयासमा रहनु भएको छ । मधेसकेन्द्रित दलले उठाएका माग पूरा गर्न सकिनेमा सकारात्मक हुँदै सहमति जुटाउने गृहकार्य भइरहेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ ।