प्रमुख तीन दलविच सहमति भोली प्रधानमन्त्रीको निर्वाचन हुने

प्रधानमन्त्रीका लागि देउवाको मात्रै उम्मेदवारी

काठमाडौ,जेठ,२२-

आज  बसेको प्रमुख तीन दलको बैठकमा संसदको अवरोध हटाएर प्रधानमन्त्रीको निर्वाचन गर्ने बिषयमा सहमत भएको हो । दलहरु बिच भएको सहमती अनुरुप भोलिको संसद बैठकले मुलुकको ४० प्रधानमन्त्रीको रुपमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई चयन गर्ने भएको छ । प्रधानमन्त्रीका लागि देउवाको मात्रै उम्मेदवारी परेको छ ।

दलहरुबीचको सहमति अनुसार भोलिको संसद बैठक दुई चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा प्रमुख दलका शिर्ष नेताहरुले सम्बोधन गर्नेछन । त्यसपछि पुन बस्ने बैठकले प्रधानमन्त्री चयन गर्ने एमाले नेता झलनाथ खनालले बताउनु भयो ।

प्रधानमन्त्री चयन प्रक्रियालाई नरोक्ने सहमति भएको तीनै दलका नेताहरुले बताएका छन । सत्तारुढ काँग्रेस र माओवादी केन्द्रले पहिलो चरणको निर्वाचनमा अनियमितता भएको स्विकार गरेपछि एमाले संसद बैठकको अवरोध हटाएर प्रधानमन्त्री निर्वाचन प्रक्रिया सुरु गर्न तयार भएको काँग्रेस नेता बिमलेन्द्र निधीले बताउनु भयो ।

बैठकमा प्रमुख तीन दलबीच तीन वटै तहको निर्वाचन सहमतिमै निष्पक्षताका साथ सम्पन्न गर्ने सहमति पनि भएको छ । एमालेले भरतपुर महानगरपालिकामा भएको मतदान विवाद समाधान गर्न माग गर्दै यस अघि संसद बैठक अवरुद्ध पार्दै आएको थियो ।

तर सत्ता पक्षले अव त्यस्तो हुन नदिने प्रतिवद्धता जनाएपछि एमाले संसद बैठक सुचारु गराउन सहमत भएको हो । एमालेले प्रधानमन्त्री देउवाको विपक्षमा मतदान गर्ने पनि स्पष्ट पारेको छ ।