डिजेल बोक्ने ट्याक्टरमा आगलागी

मानविय भने कुनै क्षति भएन

रोशन घर्ति
घोराही,जेठ, २२-

घोराहीमा सोमबार अपरान्ह वेल्डीङ गर्ने क्रममा एक ट्याक्टरमा आगलागी भएको छ । वेल्डीङ गर्ने क्रममा डिजेल बोक्ने रा१त २५६३ नम्बरको ट्याक्टर बिस्फोट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालयले दाङले जानकारी दिएको छ ।

घोराही उपमहानगरपालिकाको दमकल बिग्रिएका कारण घोराहीस्थित गौतम वाटर सप्लायर्सको ट्यांकरबाट आगो निभाइएको छ । आगलागीबाट कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी प्रमुख एसपी धिरजप्रताप सिंहले बताउनुभएको छ ।