महेन्द्रको ५६ औ बार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न

रोशन घर्ति
घोराही,फागुन, १८-  महेन्द्र माध्यमिक विद्यालय काभ्रे ९ श्रीवारीले मंगलबार ५६ औ बार्षिक उत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शिवराज परियारको अध्यक्षता तथा गाउँ शिक्षा समितीका अध्यक्ष होमलाल भुषालको प्रमुख तथा काभ्रे गाविसको निवर्तमान अध्यक्ष भेषराज खत्रीको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

विद्यालयका शिक्षक शिक्षक केशर गौतमको शुभकामना मन्तव्य बाट सुरुवात भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ईन्द्र बहादुर बुढाले आर्थिक वर्ष २०७२।०७३को आर्थिक तथा शैक्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रमुख अतिथी भुषालले विद्यालयमा विद्यार्थिको सिकाई उपलब्धीलाई थप वृद्धि तथा बालमनोवैज्ञानिक ढगंबाट गुणस्तरीय शिक्षा दिनुपर्ने तथा विद्यालयले  भर्खर उन्नती तर्फ लागेको हुदा गाविसबाट पाउने सम्पुर्ण सहयोग गर्ने आफु बाट हुने प्रतिबद्धता समेत गर्नुभएको छ ।

यसैबिच विशिष्ट अतिथी भेषराज खत्री बोल्नुहुदैँ पार्टिबाट गर्ने सम्पुर्ण सहयोग आफुले गर्ने साथै निर्वाचन क्षेत्र विकास कोष बाट आउने २०।२५ लाखको रकम विद्यालयलाई उपलब्ध गराउने बताउनुभएको हो । कार्यक्रममा नेपाली काग्रेसका काभ्रे ईकाई सभापति जागेश्वर अधिकारी एमालेका दामोदर खडका माओवादि केन्द्रका हिमलाल लम्साल समाजसेवी केदार पौडेल विपल्ब माओबादिका भिम बहादुर राना काभ्रे स्वास्थ्य चौकीका प्रमुख सिअहेब चेत प्रसाद लम्साल  लगायतकाले आफनो भनाई राख्नु भएको थियो ।

Mahendra secondary scholl shrinagar dangसाथै कार्यक्रममा विद्यार्थिहरुले नाच गान हरु प्रस्तुत गरेका थिए  । यस अवसरमा सास्कृतिक कार्यक्रम आयोजना सँगै वर्ष भरिका शुक्रबारिय अतिरिक्त क्रियाकलापमा विभिन्न विधाबाट विजयी , कक्षाबाट प्रथम द्धितिय तृतीय हुनेछात्रछात्रा तथा विद्यालय कै उत्कृष्ट छात्राछात्रलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा अभिभावकले पनि विद्यालयको हकहित तथा पढाईमा सुधार गर्नका निम्ती  दत्तचित्त भएर सहयोग गर्ने समेत बताएका छन ।

अभिभावकको सहयोग तथा निगरानी बिना विद्यालयले राम्रो काम गर्न नसक्ने र अभिभावकबाटै विद्यालयले राम्रो गर्दा पुर्ण रुपले सहयोग गर्ने र नराम्रो काम गरे खबरदारि गर्ने समेत बताएका छन ।अभिभावक विद्यार्थी र शिक्षकको सम्बन्ध राम्रो बनाउनको लागि समयसमयमा अभिभावक भेला गर्नु पर्ने समेत बताएका छन । साथै अन्य बोल्ने बक्ताहरुले शिक्षामा अब्बल बन्दै गएको र पहाडी गाविसको नमुना विद्यालयमा घोषित हुने बोल्ने बक्ताहरुले बताएका हुन ।

सबैले आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने र विद्यालयलाई नमुना विद्यालय बनाउन सहयोग गर्ने समेत प्रतिबद्धता गरेका छन । साथै अहिले सबैको लागि आवश्यक पर्ने प्राविधिक शिक्षाको लागि विभिन्न क्षेत्रबाट सहयोग मागि प्राविधिक शिक्षा सञ्चालनका निमीत्त सहयोग  गर्ने समेत बताएका छन । साथै विद्यालयमा आगामी बर्षबाट ११ । १२को कक्षाको पढाई पनि  सञ्चालनमा ल्याउनका लागि सबैको जोड रहेको छ ।

Mahendra secondary scholl shrinagar dangपढाईमा राम्रो सुधार ल्याउनका विद्यालयका शिक्षक हरुले निकै मिहीनेत गरिरहेको  शिक्षक शिक्षीका हरु बताएका छन । पढाईमा सुधारमा ल्याउनका लागि शिक्षकले जोड गरेर शिक्षामा नया नया विधी अपनाएर पढाईमा सञ्चालन गरिरहेको र अन्य नया नया विधी समेत सञ्चालन गर्ने समेत  बताएका छन । विद्यालयमा प्रोजेक्टरबाट पढाई सञ्चालन गरिएको र यसबाट निकै आसलाग्दो उपलब्धी भएको विद्यालयका शिक्षक नविन मिश्रले बताउनुभएको छ ।

केहि बर्ष अगाडि सम्म विज्ञानको प्रयोगात्मक लागि विद्यालयमा पर्याप्त प्रयोगात्मकको साम्रागी नहुदा विद्यार्थि प्रयोगात्मक सामाग्राको अवलोकन गर्न नपाएको समस्या अहिले प्रोजेक्टरबाट पढाई सञ्चालन हुदा केहि हदसम्म सहयोग भएको बताउनुभएको छ  । साथै विद्यालयमा  आई टि सिको प्रयोगबाट सुचना हरुको जानकारी विद्यार्थिहरुलाई दिईरहेको समेत बताउनुभएको छ । विद्यालयका शिक्षक शोभाराम विकको स्वागत मन्तव्यबाट सुरुवात भएको कार्यक्रमको सहजिकरण शिक्षक बिरेन्द्र ओलीले गनुभएको थियो ।