नेपालबाट जापान कामदार पठाउने विषयमा कुनै सरकारी निणर्य भएको छैन

काठमाडौं,पुस,१९-

वैदेशिक रोजगार विभागले जापानको रोजगारीका विषयमा आएको हल्लाको पछि नलाग्न अनुरोध गरेको छ । जापानमा कामदार पठाउने विषयमा अहिलेसम्म सरकाले कुनै निणर्य नगरेको भन्दै हल्लाको पछि नलाग्न विभागले आग्रह गरेको हो ।

व्यक्ति, कम्पनी तथा वैदेशिक रोजगार सञ्चालनका लागि इजाजत प्रात संस्थाले समेत जापानमा कामदार पठाउने श्रम अनुमति खुलेको भन्दै विज्ञापन गरेको प्रति ध्यानाकर्षण गर्दै विभागले सरकारी तबरबाट कुनै नर्णय नभएको प्रष्ट पारेको छ ।

जापान पठाउने भन्दै कुनै व्यक्ति, संस्था वा कम्पनीहरुले गरेको सबै क्रियाकलाप गैरकानुनी भएको विभागले जनाएको छ । सरकारले पछिल्लो समय सरकारी स्तरमा श्रम सम्झौता गरेर कामदार आपूर्ति गर्ने विषयमा छलफल र संवाद मात्र गरिरहेको भन्दै विभागले युवालाई आग्रह गरेको हो ।

जापान रोजगारीमा पठाउने भन्दै राहदानी संकलन गर्ने व्यक्ति तथा संस्थामाथि कारबाही गर्ने विभागको सूचनामा उल्लेख गरेको छ ।  सरकारले यस विषयमा केही आधिकारिक निर्णय नगरेको पनि विभागको भनाइ छ । साभार उज्यालो अनलाईनबाट