महाधिवेशनको कार्यतालिकाबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं,साउन,१३-नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ।बिहान ११ बजे पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको सहमहामन्त्री प्रकाशशण महतले जानकारी दिनुभयो ।

बैठकमा महाधिवेशनको कार्यतालिकाको विषयमा छलफल हुने महतले जानकारी दिनुभयो।बैठकमा यसअघि रोकिएको वडा अधिवेशन कहिले गर्ने भन्नेबारे छलफल हुने बताइएको छ ।

आजको बैठकले क्रियाशिल छानबिन समितिको प्रतिवेदनले विवाद समाधानका लागि बाँकी राखेका विषयलाई समेत टुंग्याउने मापदण्ड बनाउने बताइएको छ ।