१३ वर्ष पछि हत्यारा पक्राउ गर्न सफल बाँके प्रहरी

नेपालगन्ज,अशोज, १४-
बाँकेको तत्कालिन नेपालगन्ज नगरपालिका १५ र हाल नेपालगन्ज उपमहानगरपालिका वडा नं ११ सदरलाईन स्थित न्यू दिप ज्वैलर्स पसलका सञ्चालक लगायतका ५ जनालाई हत्या गरेको हत्यारालाई बाँके प्रहरीले १३ वर्ष पछि पक्राउ गर्न सफल भएको छ ।

मिति २०६२/११/२३ गते राति उक्त ज्वैलर्सका सञ्चालक ३२ वर्षका दिपक हेमकार सहित वर्ष ८२ वर्षिय गुलाव देवी हेमकार, ६२ वर्षिय जगदेव हेमकार, ४५ वर्षिय सीतादेवी हेमकार, र उक्त पसलमा काम गर्ने वर्ष १५ का रामशनिच्चर थारुलाई धारिलो हतियार प्रयोग गरी नरसंहार तरिकाले हत्या गरीएको थियो ।

हिजो राति ८ बजेको समयमा भारत तर्फबाट जमुनाहा नाका हुदै नेपालगन्जतर्फ अाउदै गरेको सूचनाका अाधारमा बाँके प्रहरीको एक टोलीले भारतको लखनउ सितापुर जिल्ला प्रियदर्शनी कलोनी बस्दै अाएका वर्ष ६४ का किशोरीलाल सोनीलाई पक्राउ गरेको पत्रकार सम्मेलनमार्फत बाँके प्रहरीले बताएको थियोे ।