ओखलढुंगामा छोरी बलत्कारको आरोपमा बाबु पक्राउ

ओखलढुंगा,असोज,१४-

ओखलढुंगामा छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ गरेका छन् । सुनकोशी गाउँपालिकामा १३ बर्षिय छोरीलाई बलात्कार गरेको आरोपमा बाबु पक्राउ गरेका हुन् । गत शुक्रबार बेलुका आफनै घरमा छोरीलाई बलात्कार गरेर फरार भएका ३५ वर्षिय बाबुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

स्थानीय एक बिद्यालयमा कक्षा ५ मा अध्ययनरत बालीका आफनै बाबुबाट पटकपटक बलात्कृत हुने गरेको बालीकाले स्थानियलाई बताएका छन् । सोही क्रममा शुक्रबार पनि बाबुबाट बलात्कृत भएका बालीकाले पिडा सहन नसकी छिमेकीलाई बताएपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए ।

त्यसपछि जिल्ला प्रहरी कार्यलय ओखलढुंगाको टोलीले बाबुलाई शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ गरेका आरोपितलाई जिल्ला अदालतमा हाजिरी गराई जवरजस्ती करणी अन्तरगतको मुद्धामा म्यादथप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक निरन्जन भट्टराईले बताए । पिडित बालिका आमा नभएपछि बाबुसंगै बस्दै आएका थिए ।