लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि कर्मचारी संघको दोस्रो केन्द्रिय अधीवेशन कोहलपुरमा सम्पन्न

खड्का सर्वसम्मत सभापतीमा चयन

कोहलपुर , अशोज, १३-
लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संघको केन्द्रीय दोस्रो अधिबेशन अाज नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा सम्पन्न भएको छ । यम बहादुर खड्का सभापतिमा सर्वसम्मत चयन हुनु भएको छ ।

नेपालगन्ज मेडिकल कलेजमा रहेका तिनवटा युनियनहरु मध्ये कर्मचारी संघको दोस्रो अधिवेशनमा कर्मचारी संघका सभापति सुभाष खनालले सभापतित्वमा , प्रमुख अतिथि भेरी अञ्चल श्रम कार्यालयका कारखाना नीरिक्षक ई- मनोज यादव , बिशिस्ट अतिथि शिक्षण अस्पताल कोहलपुरका

अस्पताल निर्देशक डा-श्रबण कुमार चौधरी , अतिथि अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय सदस्य हेमन्त पाण्डे , नेपाल ट्रेड युनियन महासंघका जिफन्ट सचिवालय पुर्ण बहादुर के-सी-, लर्ड बुद्द एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष कुश्माखर बश्याल, बरिस्ठ उप

सभापति मुस्लिम खान, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष टि-एन-रावत , ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख रमेश बहादुर सिंह ,नेपाल स्वास्थ्यकर्मी संघ बाँकेका अध्यक्ष टेक बहादुर के-सी-, बरिस्ठ उपाध्यक्ष बिरजंग शाह, ट्रेड युनियन कांग्रेस बाँकेका उप सभापति बिमल अाचार्य, सचिब तोजिन्द्र बहादुर बि-क- कर्मचारी संघका सल्लाहकार संयोजक यम बहादुर खड्का लगायतका अतिथहरु रहेका थिए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले कर्मचारीहरुका हितका लागि युनियनहरु मिलेर जानु पर्ने बताउनु भएको थियोे । यम बहादुर खड्का सभापति लगायत ३१ सदस्यीय कार्य समिति सर्वसम्मतिले चयन भएको छ ।