नेपाल ट्रेड युनीयन महासंघ (जिफन्ट) नगर कमीटी गठन

नेपालगन्ज,अशोज, १३-
नेपाल ट्रेड युनियन महासंघ जिफन्टले अाज नेपालगन्ज उपमहानगरपालिका नगर स्तरीय युवा कमिटी गठन गरेको छ ।

कार्यक्रममा अध्यक्षता जिफन्ट प्रदेश सदस्य मदन भट्ट , प्रमुख अतिथि जिफन्ट केन्द्रीय सदस्य शर्मिला थापा, बिशिस्ट अतिथिमा केशवराज गिरी, अतिथिहरुमा अो-एच-एस- केन्द्रीय कमिटी सदस्य सुमन गिरी, नेपाल स्वास्थ्यकर्मी

तथा कर्मचारी युनियन कि केन्द्रीय सदस्य अनिता थापा,लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनका केन्द्रीय बरिस्ठ उपसभापति मुस्लिम खान, बिहानी अनलाइन न्युजका संवाददाता के-पी- घिमिरे, सौन्दर्य कर्मी अध्यक्ष गिता भण्डारी लगायतको उपस्थिति रहेको थियोे ।

नगर स्तरीय कमिटीको अध्यक्षमा दिपेश अाचार्य लगायतको टीम सर्व सम्मत रुपले चयन भएको थियो । जसको उपाध्यक्षमा बसन्त माझी , सचिवमा चन्द्रा कुश्मी, पुश्प न्यौपाने लगायतका पदाधिकारीहरु चयन हुनु भएको थियो ।