सुदूरपश्चिमका ७५ मध्ये ५३ पालिकामा देउवाको वर्चस्व

काठमाण्डौं,असोज,१३-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह प्रदेश सुदूरपश्चिमका नौमध्ये आठ जिल्लामा पालिका अधिवेशन सकिएको छ। 

क्रियाशील सदस्यता विवाद समाधानमा ढिलाइ भएकाले कैलालीबाहेक आठ जिल्लामा कांग्रेसको गाउँ-नगरपालिका अधिवेशन सकिएको हो।

अधिवेशन भएका आठमध्ये तीन जिल्लामा संस्थापन पक्षले र एक जिल्लामा इतर समूहले ‘क्लिन स्वीप’ गरेको छ। 

संस्थापनले प्रधानमन्त्रीसमेत रहेका देउवाको गृहजिल्ला डडेल्धुरा, अछाम र डोटीमा इतर तथा इतर समूहले दार्चुलामा ‘क्लिन स्वीप’ गरेको हो। 

आठ जिल्लाका ७५ पालिकामध्ये ५३ वटामा संस्थापनका उम्मेदवारहरू सभापतिमा निर्वाचित भएका छन्। २२ पालिकामा भने संस्थापन इतर समूहका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट उम्मेदवार विजयी भएका छन्। 

पालिका अधिवेशन भएका आठ जिल्लामा २७ नगरपालिका छन्। जसमा आठ नगरपालिकाको नेतृत्वमा इतर समूह आएको छ। बाँकी १९ नगरहरुमा संस्थापन पक्षीय उम्मेदवार सभापति बनेका छन्। 

पालिका अधिवेशन सकिएका ४८ मध्ये ३४ गाउँपालिकाको सभापतिमा संस्थापनले पकड बनाउँदा बाँकी १४ गाउँपालिकामा इतर समूहनिकट उम्मेदवारहरू सभापतिमा निर्वाचित भएका छन्। 

कैलालीमा बाँकी
वडा अधिवेशन हुन नसकेको कैलालीमा १३ पालिका छन्। जसमध्ये एक उपमहानगर तथा ६–६ नगरपालिका र गाउँपालिका छन्। 

कैलालीका संस्थापन पक्षीय नेताहरुले १३ वटै पालिकामा आफूनिकट उम्मेदवार निर्वाचित हुने दाबी गरिरहेका छन्। नेपालखबरबाट

कुन पालिकामा कुन पक्ष विजयी?