काठमाडौं उपत्यकामा १७२ सहित ६४१ जनामा कोरोना संक्रमण

काठमाडौं,साउन,३२-आइतबार देशका विभिन्न ठाउँमा ६४१ कोरोनाका संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६४१ जना संक्रमित थपिएका छन् ।

काठमाडौं सपत्यकामा १७२ जना संक्रमित थपिएका छन्।यो सहित नेपालमा हालसम्म संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ ।त्यस्तै १ सय ४ जनाको कोरोनाबाट मृत्यु भएको तथ्यांक छ। विगत २४ घण्टामा थप दुई जना मृतकमा कोरोना पुष्टि भएको हो।

त्यस्तै २४ घण्टामा १३४ जना निको भइ घर फर्किएको प्रवक्ता गौतमले बताउनुभयो ।आइतबार निको हुनेसहित हालसम्म १७ हजार ३ सय ३५ जना कोरोनाबाट मुक्त भएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ छ ।पछिल्लो २४ घण्टामा पर्सा र मोरङमा एकएक गरी २ जनाको मृत्यु भएको छ ।