जाजरकोट बस दुर्घटना ज्यान गुमाउनेको संख्या २६ पुग्यो : ३५ जनाको उपचार हुँदै

जाजरकोट,फागुन २७-
जाजरकोटको बोहरा जिरो प्वाइन्ट नजिकै बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या २६ पुगेको छ । खलंगाबाट खाराका लागि छुटेको ना ३ खा २२ ७९ नम्बरको बस जिरो प्वाइन्ट नजिकै पासागाड खोलामा घुम्तीबाट खसेको हो ।  दुर्घटनामा घाइते भएका ३५ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि रुकुमको चौरजहारी अस्पताल रिफर गरिएको थियो । चौरजहारीबाट सेनाको हेलिकप्टरले गम्भीर घाइते केहीलाई उपचारका लागि बिहीबार राति नै काठमाडौं ल्याएको छ ।

घटनास्थलमा १५ जना र उपचारका क्रममा ११ जनाको ज्यान गएको जिल्ला अस्पताल जाजरकोटका अहेब रामप्रसाद शर्माले जानकारी दिनुभयो । बस दुघर्टनामा लहँ गाविसका रामबहादुर बस्नेत, साल्मका नन्दलाल जैसी, सीमाका मदन पुन, भेरीमालिका नगरपालिकाका सन्तोष राना, गोपाल सुनार, सर्मीला सुनार, नविन चन्द,  गणेश बोहरा  र  सन्त सुनारको ज्यान गएको प्रहरीले जनाएको छ ।

यस्तै दशेरा–१ का डिलबहादुर बुढा, रुकुम चौरजहारी–४ का कृष्ण गिरी, दशेरा–२ का मनीराम जैसी, भेरीमालिका नगरपालिका–१२ का बहादुर भनारी, मजकोट–७ का दले तिरुवा, भेरीपालिका नगरपालिका–१३ का हिउँसर गिरी, स्वीकोट सल्यानका उदय बुढा, भेरीमालिका नगरपालिका–११ गोप्ला सुनार, पजारु–८ का नैने दमाई, भेरीमालिका नगरपाकिा–८ का चैते खत्री र गर्खाकोट २ का हरिबहादुर शाहीको मात्र सनाखत भएको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिनुभएको छ  । बाँकी सात जनाको सनाखत हुन बाँकी छ ।साभार उज्यालो अनलाईबाट