बाँके लगायत देशभर आज मोर्चाको बन्दको आह्वान

बाँके,फागुन २७-
सप्तरीमा भएको घटनाको विरोधमा मधेशी मोर्चाले आज देशव्यापी बन्दको आह्वान गरेको छ । घटनाको विरोध स्वरुप बन्द आश्वान गरिएको मोर्चा बाँकेले जनाएको छ । मोर्चाले यसअघि फागुन २४ र २५ गते दुई दिन सम्म मधेश बन्द आह्वान गरेको थियो । संघिय समाजवादी फोरम बाँकेका अध्यक्ष कमरुद्धिन राईले केन्द्रिय कार्यक्रम अन्तर्गत आज बाँकेमा पनि बन्द आश्वान गरिएको जानकारी दिनुभएको छ ।

सप्तरीमा भएको घटनाको दोषिलाई कारवाही गर्न दवाब दिनका लागि हामीले बन्द आह्वान गरेका  हौ ,उहाँले भन्नुभयो आज बिहान ८ बजे देखि बिलुकी ५ बजे सम्म बजार उद्योग कलकारखाना यातायात चल्न नदिने बताउनु भएको छ । बन्दको समयमा अत्यावश्यक सवारी साधनहरु दमकल एम्बुलेश कुटनितिक नियोग बिद्यालय सञ्चार माध्यम तथा सञ्चारकर्मी र बिवहका सवारी साधनहरुमा भने निर्वाध रुपमा चल्न नदिने राईले बताउनु भएको छ ।