टेस्ट क्रिकेटमा भारतको इतिहासमै कमजोर प्रदर्शन, ३६ रनमै अलआउट

फाईल तस्विर !!

काठमाडौं,पुस,४-टेस्ट क्रिकेटमा भारतले लज्जास्पद प्रदर्शन गरेको छ।अस्ट्रेलियाविरुद्धको टेस्टको तेस्रो दिन भारत इतिहासमै कमजोर देखिएको हो।

भारतीय क्रिकेट टोली शनिबार २१ ओभर २ बल खेल्दा अलआउट हुन पुग्यो। ३६ रनमै अलआउट भएको भारतको यो अहिलेसम्मकै कम रन हो।

अस्ट्रेलियाको एडिलेडमा भएको खेलमा भारतका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।

अस्ट्रेलियाका लागि जोस हेजलवुडले ५ र प्याट कमिन्सले ४ विकेट लिए।यसअघि भारतले २४४ रन बनाएको थियो। आजको खेलसँगै भारतको पुरा रन २८० पुगेको छ।

पहिलै १९१ रन बनाएको अस्ट्रेलियामा सामु मात्र ९० रनको तार्गेट रहेको छ।अस्ट्रेलियाले अहिले जवाफी व्याटिङ गरिरहेको छ। खेल अस्ट्रेलियाले सहजै जित्ने अनुमान गरिएको छ।