आजको राशिफल ।। साउन १७ गते मगंलवार ।।

काठमाडौं,साउन,१७-आज विक्रम संवत २०७९ साल साउन महिनाको १७ गते मंगलवार, (अगष्ट २ तारिख) साउन शुक्ल पञ्चमी तिथी !!आज नाग पञ्चमी व्रत पनी हो ।।

आज साउन १७ गते मंगलवारको राशीफल !!

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)

मेष राशि हुनेहरुका लागि आजको दिन सहयोगी हातहरू अघि बढ्नेछन्।आफन्तको सफलता र प्रगतिमा मन रमाउनेछ।पुनर्मिलनको योग पनि रहेको छ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

वृष राशिका हुनेहरुका लागि आजको दिन कुनै न कुनै कुराले अनुहारमा चमकता आउनेछ।आम्दानी बढाउने योजना गर्न सकिनेछ। राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मिथुन राशि हुनेहरुका लागि भने आजको दिन आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला।पुँजी बजारको लगानी कमजोर रहला।शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

कर्कट राशि हुनेहरुका लागि आजको दिन शुभ समाचार सुन्न पाइनेछ ।मित्रबाट विशेष सहयोग मिल्नेछ।जटिल ठानिएको कामसमेत सहजै सम्पादन हुनसक्छ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

सिंह राशि हुनेहरुका लागि आजको दिन धर्मकर्म, परोपकार र समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ।बन्धु बान्धवबाट सहयोग मिल्नेछ।इच्छा शक्ति पनि बढेर जानेछ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशि हुनेहरुका लागी आजको दिन साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला।धार्मिक यात्रामा मन जानेछ।व्यावसायिक काममा राम्रै हुने र योजना पनि बन्नेछ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

तुला राशि हुनेहरुका लागी भने आजको दिन विद्या र बुद्धिको ह्रास हुनेछ।झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ।सौन्दर्यतामा धन खर्च हुनेछ, तर शुभ कार्यको चर्चा चल्नेछ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशि हुनेहरुका लागि आजको दिन धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन्।लामो समयदेखि रोकिएका अधुरा कार्यहरू आजै पुरा हुन सक्छ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

धनु राशि हुनेहरुका लागि आजको दिन धर्मकर्म र सामाजिक कार्यमा मन जानेछ।साहित्यिक क्षेत्रमा रूचि बढ्नेछ।काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशि हुनेहरुले भने आजको दिन मनोरञ्जन पूर्ण दिन रहनेछ। रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ।आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशि हुनेहरुका लागि आजको दिन शैक्षिक क्षेत्र कमजोर नै रहला।अनावश्यक खर्च हुने र मानसिक चिन्ता बढ्नेछ।बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पर्न सक्छ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

मिन राशि हुनेहरुका लागि आजको दिन आँटेको र ताकेको कार्य अघि बढ्नेछ।पारिवारिक सहयोग र सद्भाव बढ्नेछ।एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ।

यो त भयो आजको तपाईको राशिफल,तपाईको राशिफलमा जे जस्तो लेखिईएको भएता पनि भाग्यमा भन्दा कर्ममा विश्वास गर्नुहोस्,सधैंव सकरात्मक सोच्नुहोस्, सतकर्म गर्नुहोस्,आजको तपाईंको दिन शुभ रहोस् ।साभार हाम्रो पात्रो-ज्यो.प. नारायणप्रसाद दुलाल