आजदेखि देशैभरीका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

आजदेखि देशैभरीका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइनेकाठमाण्डौं,चैत्र,२६-स्वास्थ्यमन्त्री विरोध खतिवडाले टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारीरुपमा सञ्चालन गरिने बताउनु भएको छ।

आज मकवानपुरको मनहरी गाउँपालिका ५ स्थित भोजशिद्ध माविमा खोप अभियान सुरु गर्दै मन्त्री खतिवडाले तोकिएको मितिमा नै अभियानलाई पूर्णता दिन सरोकारवाला निकायलाई निर्देशन दिनुभयो।खोप पूर्णरुपमा सुरक्षित भएकाले ढुक्क भएर आफ्ना बालबालिकालाई अभियानमा सहभागी गराउन उनले आग्रहसमेत गरे।

आज शनिबार देखि प्रारम्भ भएको अभियान देशैभर वैशाख १८ गतेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ।यस अवधिमा १५ महिनादेखि १५ वर्षसम्मका करिब ७५ लाख बालबालिकामा  खोप सेवा प्रदान गर्ने तयारी छ।  

खोपका लागि देशैभर करिब ५० हजारभन्दा बढी खोप केन्द्र, आवश्यक खोप, दक्ष स्वास्थ्य जनशक्ति तथा स्वयंसेवकको व्यवस्था गरिएको मन्त्रिी खतिवडाले जानकारी दिनुभयो। ‘खोप अभियानबाट मकवानपुरका मात्रै एक लाख आठ हजार बालबालिका लाभान्वित हुनेछन्,’ मन्त्री खतिवडाले भन्नुभयो। 

विद्यालयबाट ८० प्रतिशत बालबालिकालाई खोप लगाइने लक्ष्य लिइएको मन्त्रालयले जनाएको छ। बाँकी २० प्रतिशत बालबालिका सामुदायिक स्वास्थ्य कार्यालयबाट खोप लगाउने तयारी छ। रासस