आज देशभर चैते दशै मनाईदै

काठमाण्डौं,चैत्र,२६-आज चैते दशै देशभर मनाईदै छ ।सम्पुर्ण हिन्दु धर्मावलम्बीहरुले देवी भगवतीको पूजा र उपासना गर्दै आजका दिन चैते दशै मनाउने गर्दछन। 

असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा वर्षको दुई चोटी दशै मनाउने गरीन्छ । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ ।

वडादशै जस्तो धुमधामका साथ चैत दशैलाई नमनाएपनी यस दिन हिन्दु धर्मालम्बीहरुले सामान्य रुपमा रमाईलो गर्दै चैते दशै मनाउने गर्दछन ।
 
दसैंमा घरमा तथा देवीका मन्दिरमा देवीभागवत, कालिका पुराणलगायत स्तोत्र पाठ गरिन्छ । वर्षको दुईपटक चैत र असोजमा गरिने दुर्गापूजाको महत्वबारे शास्त्रमा वर्णित छ । आजका दिन शक्तपीठहरूमा भक्तजनको भीड लाग्ने गर्दछ ।