टोपेन्द्रको दोस्रो गीत “हातमा फूलको थाली “छिट्टै बजारमा आउँदै

घोराही, कार्तिक २९ –नेपाली गीतसंगीतलाई अझ उत्कृष्ट स्थानमा राख्नको लागि दाङका टोपेन्द्र न्यौपानेले आफ्नो दोस्रो गीत छिट्टै बजारमा ल्याउन लागेका छन । उनको पहिलो गीत मनको देउतैले पश्चात पछिल्लो समयमा ” हातमा फूलको थाली “छ लोकदोहोरी गीत बजारमा ल्याउन लागेका हुन । लोकसंगीत प्रेमी न्यौपानेले देश तथा विदेशमा रहेर विभिन्न लोक तथा दोहोरी गीत बजारमा ल्याएका छन । न्यौपानेले थुप्रै स्टेचहरुमा गीत पनि गाइसकेका छन । उनले पछिल्लो समयमा नेपालीहरुले विदेशमा भोगेका पीडाहरुलाई समेटर पनि थुप्रै गीत बजारमा ल्याएका हुन ।

न्यौपानेले स्वदेशमा रहदा पनि थुप्रै गीतसंगीतमा आवाज दिएका थिए । उनले विदेशमा नेपाली प्रति माया तथा ममताका साथ गीत स्टेचमा आवाज दिदा धेरै दर्शकहरुको साथ तथा सहयोग पाएका थिए । न्यौपाने अमेरिकामा पीडा डाइक गीत गाएर धेरै नेपाली दाजुभाई तथा दिदीबहिनीहरु मन पगाल्न सफल पनि भएका थिए । न्यौपाने अहिले सबै ठाउँमा चर्चित रहेको छन । त्रिविनी ८ सल्यानमा जन्म घर भएका न्यौपाने २०७० साल देखि नियमित गीतसंगीत क्षेत्रमा क्रियासिल रहेका छन । उनको रहर बाल्यका देखिनै गीतसंगीतमा लाग्ने रहर थियो ।

र त उनी अहिले उनी देश बिदेशमा जहाँ रहे पनि गीतसंगीत क्षेत्रमै रमाएका छन । उनी भन्छन् ‘न त संगीतलाई बिर्सन सक्छु , न त संगीत देखी भागेर बस्न सक्छु । मेरा लागि गीतसंगीत नै जीवन बनेको छ’ । उनले आफ्नो गीतसंगीतको यात्रा मनको देउतैले बाटै सुरुवात गरेका थिए । र उक्त गीत नै बजारमा ल्याएका थिए । त्यस यता देश तथा विदेशमा भएपनि नियमित गीतसंगीतमा सक्रिय बनेका न्यौपाने थुप्रै गीतमा चर्चित बनेका छन ।