काजी ब्रोदरको पहिलो प्रस्तुती ” फर्कि आउँ “बोलको गीतको अडियो(Audio) सार्वजनीक

नेपालगंज,कर्तीक ३०- नेपालगंजमा पछिल्लो समयमा  गित संगितको उत्पादन हुनेक्रमले दिन प्रतीदिन तिव्रता पाएको छ । नेपालगंजबाट थुप्रै किसिमका गितहरु उत्पादन भईरहँदा फेरी एउटा नयाँ गितले आज गित संगितको भिडमा नयाँ ठाँउ ओगट्दै आज अडियो सार्वजनीक गर्न सफल भएको छ । नेपालगजं १२ शान्तीनगरमा बस्दै आउनु भएका र नेपालगंजमा लामो समय देखि निरन्तर रुपमा सञ्चार माध्यमहरु रेडियो एक्सप्रेस एफ.एम र रेडियो भेरी आवाज एफ.एफ साथै बागेश्वरी टेलीभिजनहरुमा कार्यक्रमम सञ्चालन बाटै आफ्नो छुट्टै छवि बनाउन सफल सञ्चारकर्मी रवि बस्नेतले आफ्नै शब्द संकलनमा पछिल्लो समयमा टिनेज केटा केटीमा देखिएको माया प्रेमको धोकेबाजको कथा वस्तुलाई चित्रण गर्दै Rapगित मार्फत उनीहरुको पिडालाई लेखेका छन् ।

आफ्नै शब्द संकलनमा रहेको “फर्कि आउँ “बोलको Rap गितमा भने कोरसमा आफ्नै आवाज रहेको र Rapper मा भने आफ्नै भाई रोहित बस्नेतले स्वार दिएको बताउनु भएको छ । सञ्चारकर्मी बस्नेतले बिहानी अनलाईन संग कुराकानी गर्दै भन्नुभयो आफुले सो गितको संगित रचना भने SpickyWolf ले उत्पादन गरेको बताउदै भन्नुभयो सबै जना काठमाण्डौं संगित रचना गर्न र म्यजिक भिडियो गर्न जान्छन् कतीले त अरुले शब्द संकलन गरेको गित किनेर पनि गायका छन् तर हामीले काठमाण्डौं नभई आफ्नै ठाँउबाट आफ्लै शब्द संकलन र संगित रचना गरेर बजारमा ल्याएका छौ, सम्भवत यो गित सबै जल्दा बल्दा युवाले मन पराउने विश्वास लिएको बताउनु भएको छ । उहाँले अब यो गितको भिडीयो एक हप्ता भित्रै बजारमा ल्याउने बताउनु भएको छ ।