बाथरुमभित्र भएको थियो एटीएमको परिकल्पना, यसरी सुरु भयो एटीम

एजेन्सी,मंसिर ३ atm-founderबैंक तथा वित्तिय संस्थाको परिभाषा नै बदलिदिने अटोमेटेड टेलर मेसिन अथवा एटीएम अहिले तपाई हाम्रो जीवनको अभिन्न अंग बन्न पुगेको छ ।तपाई कल्पना गर्न सक्नुहुन्छ, एटीएम नहुँदा बैंकिङ कारोबार कति झन्झटिलो हुन्थ्यो होला ? पछाडि किन फर्कनु ? अगाडि नै जाऔं । किनकी अहिले हामीसँग एटीएम छ । बैंकिङ कारोबार पनि सजिलो छ ।

हामीमध्ये थोरैलाई थाहा होला कि एटीएमको सुरुवात कसले गर्‍यो र कसरी सम्भव भयो ? छिमेकी मुलुक भारतको सिलाङमा जन्मिएका जोन शेफर्ड बैरनले एटीमको परिकल्पना र सुरुवात गरेका थिए ।

बैरनको जन्म २३ जुन १९२५ मा भारतको सिलाङमा भएको हो, जो अहिले मेघालयमा पर्दछ तर त्यतिबेला सिलाङ आसामको एक भाग थियो । पछि स्कटल्याण्डमा बस्ने उनका पिता उत्तरी बंगालको चटगाउँमा पोर्ट कमिश्नर्सको प्रमुख इन्जिनियर थिए । उनको २०१० मा देहान्त भयो ।

atm

एकदिन नुहाउँदा नुहाउँदै उनको दिमागमा आएको विचारले एटीमको सुरुवात गर्न सघाउ पुर्‍यायो ।
सन् १९६७ मा संसारको पहिलो एटीएम मेसिन लण्डनको एक बैंकबाट सुरु गरिएको थियो । टिभी श्रृंखला ‘अन द बसेज’ का रेग वार्ने एनफिल्ड बारक्लेज बैंकबाट एटीएम मेसिनमा पैसा निकाल्ने पहिलो नागरिक बनेका थिए । त्यतिबेला यसलाई ‘भित्ताको प्वाल’ अथवा ‘होल इन द वाल’ भनिन्थ्यो ।

२००७ मा बीबीसीलाई दिएको एउटा अन्तरवार्तामा बैरनले भनेका थिए, ‘मेरो दिमागमा यस्तो कुरा आयो कि बेलायत वा संसारको जुनसुकै कुनाबाट पैसा निकाल्ने केही तरिका हुनुपर्छ । चकलेट बार दिने मेसिनजस्तै, जसमा चकलेटको सट्टा पैसा निस्कियोस् ।’
बारक्लेज बैंकको प्रमुख कार्यकारीले शैफर्डसँग सम्झौता गरे र काम सुरु भयो । त्यतिबेलासम्म प्लास्टिकको कार्ड आविस्कार भएको थिएन, तसर्थ उक्त मेसिनमा चेककै प्रयोग गरिन्थ्यो ।

त्यस्ता चेकमा कार्बन १४ लगाइएको हुन्थ्यो, जसलाई मेसिनले चिन्दथ्यो र व्यक्तिगत पहिचान नम्बर अथवा पिनको मद्दतबाट भेरीफाइ हुन्थ्यो । एटीएमबाट त्यतिबेला बढीमा १० पाउण्ड मात्र निस्कन्थ्यो ।

पिन चार अंकको किन बनाइयो ? यसको रहस्य खोल्दै शैफर्ड भन्छन्, ‘मलाई ६ अंकवाला आफ्नो आर्मी नम्बर थाहा थियो, तर श्रीमती कैरोलिनले उनको एउटा पनि चल्न दिइनन् । उनले केवल चार अंक मात्र सम्झन सकिन्छ भनिन् । यसर्थ पिनमा चार अंक नै विश्वभरी मानक बन्यो ।’
बीबीसी हिन्दीको सहयोगमा