सावधान ।अब झुट नबोल्नुहोस्, झुट बोल्ने बानीले हुन्छन् यी बेफाइदा ।

एजेन्सी,मंसिर ३- मानिसहरु अाफू अनुकुल झुट बोल्छन् । कुनै न कुनै बेला झुट नबोल्ने मान्छे सायदै नहोला । तपाई झुट बोल्दा बोल्दै बिस्तारै झुट बोल्ने बानी पर्छ । जसले गर्दा तपाईलाई बेइमानी बनाउन समय लाग्दैन । तपाई त्यसबाट जति नै टाढा भागेपनि पछि झुट बोल्ने बानीले तपाईलाई उम्कन दिने छैन । एक अनुसन्धानले यस्तै खुलाएको छ ।

lie

उक्त अनुसन्धानको नतिजा अनुसार साना तिना झुट बोल्दा पनि हाम्रो दिमागलाई नकारात्मक भावनाले जोड्दिनेछ र भविष्यमा ठूला झुट बोल्नलाई प्रेरित गराउँछ । यसका साथै दिमागको एक भागमा भावना जोडिएको हुन्छ जुन झुट बोलेको समयमा सक्रिय हुनेगर्छ ।

जबकि दिमागको यो भागले बारम्बार बोलिएको झुटले कम रुपमा प्रतिक्रिया दिन थाल्छ जसले झुट बोल्नका लागि झन् होशला मिल्छ ।

यूनिभर्सिटी कलेज लण्डन (यूसीएल) को ताली शिरोतले भनेका छन्, ‘जब हामी निजी फाइदाका लागि बोल्नुहुन्छ नि त्यो बेला एक हिस्सा नकारात्मक भावना उत्पन्न गर्छ, यसले नै तय गराउँछ हामी कुन हदसम्म झुट बोल्नुपर्छ ।’