साङ्लाको दूध गाईको दूधभन्दा पोषिलो हुने वैज्ञानिकको भनाई

हालै गरिएको एक अनुसन्धानले साङ्लाको दूधमा एभोकाडो जस्ता सुपर फुडमा जत्तिकै पौष्टिक पदार्थ हुने देखाएको छ ।भारतीय वैज्ञानिकहरुले प्यासिफिक बिटल कक्रोच नामको साङ्लाको दूधमा अत्याधिक मात्रामा प्रोटिन, फ्याट तथा सुगर हुने तथ्य पत्ता लगाएका हुन् । डेली मेल डट कमका अनुसार वैज्ञानिकहरुले साङ्लाको दूध गाईको दुध भन्दा ४ गुणा पोषिलो हुने बताएका छन् ।

cockroachबिटल कक्रोच साङ्लाको बच्चा जन्माउने एकमात्र प्रजाति हो । नयाँ खोजसँगै यो साङ्लाको दूधलाई सुपर फुडको रुपमा प्रयोग गर्न सकिने भएको हो । यो भन्दा अघिको अनुसन्धानले साङ्ला जस्ता किरामा रेड मिट भन्दा बढी प्रोटिन हुने कुरा पत्ता लगाएको थियो ।