तपाईंको लागि कस्तो केरा ठिक होला

केरा हामीलाई नौलो कुरा होइन । यो सजिलै र हरेक मौसममा उपलब्ध हुने फल हो । यसमा थाइमिन, रिबोफ्लेविन, नियासिन र फलिक एसिडको रुपमा भिटामिन ए र भिटामिन बी पर्याप्त मात्रामा पाइन्छ । यसको साथै केरा शक्तिको सबैभन्दा राम्रो स्रोत समेत मानिन्छ ।

बिहानको खाजामा एउटा केरा खाँदा पनि दिउँसोसम्म भोक लाग्दैन । यदि तपाईं खेलाडी हुनुहुन्छ भने पौष्टिक खानाको रुपमा केरा खानु राम्रो हुन्छ । काम गरिसकेपछि तपाईंको शरीरमा शक्तिको कमि हुन्छ । यस्तो अवस्थामा केरा एउटा यस्तो फल हो, जसले तपाईंको शरीरमा सजिलै शक्ति दिन्छ ।

केरा भन्दा साथ यसलाई पकाएर खाने कि काँचै खाने भन्ने प्रश्न पनि जन्मिन सक्छ । यहाँ यसको उत्तर खोज्ने प्रयत्न गरिनेछ ।

कतिपय मान्छेलाई लाग्छ, हरियो केरा खानुपर्दछ, कतिपयलाई लाग्छ पाकेको केरा खानुपर्छ । कतिपयले पाकेर बोक्रामा कालो दाग लाग्न थालेका केरा खानु स्वाथ्यको लागि ठिक हुन्छ भन्ने मान्यता पालेको पनि पाइन्छ । तर प्रश्न के हो भने यी मध्ये कुन चाहिँ केरा खानु स्वास्थ्यको लागि सबैभन्दा बढी लाभकर हुन्छ होला रु

केरा खानु स्वास्थ्यको लागि फाइदाजनक छ भन्ने कुरा त निर्विकल्प भयो । विशेषज्ञहरु भन्छन्– जब केरा पाकेर बोक्रामा कालो दाग लाग्न थाल्छ, त्यस्तो केरा खानु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कालो दाग लागेको केरामा कैयौं तत्वहरु पाइन्छन् जसले हाम्रो शरीरको लागि फाइदा पुर्याउँछन् । यसमा भिटामिन सि, भिटामिन बि र एन्टीअक्सिडेट जस्ता तत्व पाइन्छन् ।

पाकेको केरामा क्यान्सरविरुद्ध लड्ने शक्ति पनि पाइन्छ । यो शरीरको अंगहरु मजबुद बनाउन पनि सहयोगी हुन्छ । कतिपयले नपाकेको केरा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यो पनि गलत होइन, किनकी काँचो केराको पनि विभिन्न गुणहरु हुन्छन् । तर काँचो केरा पचाउन पनि केही कठिन हुन्छ भने यसले पेटमा जलन हुनसक्छ ।

काँचो केरामा सुगरको मात्रा कम हुन्छ । यदि तपाईंको मधुमेह दोस्रो चरणमा छ  (Diabeties-2) भने काँचो केरा खानु ठिक हुन्छ ।
– वन्लीआयुर्वेद डट कमबाट