बिहानै एक गिलास नुनपानी पिउँदा हुन्छ यस्ता आश्चर्यजनक फाइदाहरु

स्वस्थ जीवन र निरोगी शरीर कसले चाहँदैन र १ तर चाहेर मात्र स्वस्थ जीवन त पाईंदैन । यसको लागि हामीले हाम्रो जीवनशैलीमा सुधार ल्याउनुपर्छ । केही यस्ता सामान्य उपायहरु हुन्छन्, जसले हाम्रो जीवनमा महत्वपूर्ण फाइदा दिन सक्छ ।

हरेक दिन बिहान उठेर कालो नुन अथवा ढिके नुनलाई पानीमा घोलेर पिउनुहोस् । यस्तो पानीलाई अंग्रेजीमा सोल वाटर भनिन्छ । नुनपानी पिउनाले ब्लड सुगर, मोटोपन र ब्लड प्रेसरजस्ता बिरामीबाट मुक्ति मिल्छ । साथै यसले अन्य घातक बिरामीबाट पनि तपाईंलाई बचाउँछ ।

यसको लागि केवल सफा पानीमा कालो नुन वा ढिके नुन मिलाए हुन्छ । तर भान्छामा पाइने धूलो नुन नराख्नुहोस् । ८० प्रतिशतभन्दा बढी खनिज कालो नुनमा हुन्छ जुन शरीरको लागि फाइदाजनक हुन्छ । आउनुहोस्, यहाँ नुनपानी स्वास्थ्यको लागि कसरी फाइदाजनक हुन्छ, यसबारे जानकारी लिऔं ।

कसरी बनाउने नुनपानी रु
१ गिलास मनतातो पानीमा एक सानो चम्चा कालो नुन मिलाउनुहोस् । अब यो पानी पिउन लायक हुन्छ ।

नुनपानीको फाइदा
छालाका समस्याबाट मुक्ति
यसले छालासँग सम्बन्धित धेरै समस्याहरु न्यूनीकरण गर्दछ । डण्डीफोर, दाद जस्ता छालाका समस्याबाट टाढा राख्दछ । नुनपानीमा क्रामिया हुन्छ जसले छालाको समस्यासँग लड्छ ।

चुस्तदुरुस्त पाचन प्रणाली
नुनपानीले पाचन प्रणालीलाई ढिक राख्छ । यसले मुखको ¥याल निकाल्ने ग्रन्थीलाई सक्रिय बनाउन मद्दत गर्दछ । यसले पेटभित्र प्राकृतिक लवण, हाइड्रोक्लोरिक एसिड र प्रोटिनलाई पचाउने इन्जायमलाई उत्तेजित गराउन मद्दत गर्दछ । यसले गर्दा हामीले खाएको भोजन टुक्रिएर सजिलै पच्दछ । यसको साथै इन्टेस्टाइनिल ट्र्याक्ट र कलेजोमा पनि इन्जायम उत्तेजित गर्न मद्दत गर्दछ, जसले खाना पचाउन सजिलो हुन्छ ।

प्राकृतिक एन्टी–ब्याक्टेरियल
नुनपानीमा खनिजको मात्रा धेरै हुन्छ, यसले एन्टीब्याक्टेरियलको काम गर्दछ । यसले शरीरको खतरनाक ब्याक्टेरियालाई नष्ट गर्दछ र मानव स्वास्थ्य सुदृढ गराउँछ ।

हड्डी बलियो बनाउँछ
यसैगरी नुनपानीको अर्को फाइदा भनेको हड्डी बलियो बनाउनु हो । हाम्रो शरीले हड्डीबाट खनिज र क्याल्सियमको शोषण गर्दछ । यसले हड्डीलाई बिस्तारै कमजोर बनाउँदै लान्छ । तर नुनपानीमा पाइने तत्वहरुले क्याल्सियमको कमी हुन दिँदैन र हड्डी बलियो बन्दछ ।

निन्द्रा नलाग्ने समस्यामा
यसैगरी नुनपानी निन्द्रा नलाग्ने समस्याबाट समेत मुक्त गराउँछ । निन्द्रा नलाग्ने समस्या अहिले आम बन्दै गइरहेको छ । यस्तो समस्या भएमा हरेक दिन बिहान नुनपानी पिउनुपर्दछ । नुनले हाम्रो शरीरको तन्तुहरुलाई आराम दिन्छ र खतरनाक हर्मोनहरु एड्रनलाइन र कोर्टिसोललाई नुनले कमजोर बनाउँछ । यसले गर्दा रातमा शान्ति प्राप्त हुन्छ र निद्रा लाग्छ ।

तौल घट्छ
जब शरीरमा पाचन प्रणाली चुस्त दुरुस्त हुन्छ, यसले शरीरका हरेक कोशिकाहरुलाई आवश्यक पोषण तत्व पुर्याउँछ । यसले मोटोपन घटाउन मद्दत पुग्छ ।
कालो नुनपानी पिउनाले केवल स्वास्थ्य राम्रो हुने मात्र होइन, अनुहारमा देखिने समस्यालाई पनि कमी गर्दछ । हरेक दिन बिहान आफ्नो बानीमा अलिकति बदलाव ल्याउनुहोस्, एक गिलास मनतातो नुनपानी पिउनुहोस् र स्वास्थ्य र शरीरमा चामत्कारित परिवर्तनको महसुस गर्नुहोस् ।
स्रोत: ओन्लिआयुर्वेद डट कम