तौल घटाउन जमेर नुहाउनुहोस् चिसो पानीमा, यी हुन् अन्य फाइदाहरु

हामी चाहन्छौं, हाम्रो शरीर चुस्त दुरुस्त होस् । शरीरबाट अनावश्यक बोसो हटाउन हामीले किसिम किसिमका तरिका अपनाउँछौं, हामी हरसमय दौडधुपमा हुन्छौं । कोही जिम जान्छौं, कोही डाइटिंग गर्दछौं । तर के तपाईंलाई थाहा छ, चिसो पानीले नुहाएर पनि तपाईं आफ्नो शरीरको तौल घटाउन सक्नुहुन्छ १

हजुर, एक ताजा अनुसन्धानको नतिजाका अनुसार चिसो पानीमा नुहाउनाले शरीरको तौल कम हुन्छ । अनुसन्धानका अनुसार, हाम्रो शरीरमा दुई किसिमका बोसो पाइन्छ, एउटा सेतो र अर्को खैरो । जब शरीरमा आवश्यकताभन्दा बढी क्यालोरी जम्मा हुन्छ, त्यो सेतो बोसोमा रुपान्तरित हुन्छ र हाम्रो शरीरमा जम्मा हुन्छ ।

बाँकी रहेको खैरो बोसोले शरीरमा तातोपन दिन्छ । यसकारण जब हामी चिसो पानीले नुहाउँछौं, तब खैरो बोसो उक्त समय सक्रिय हुन्छ र यसबाट शरीरको अतिरिक्त बोसो खपत हुन्छ ।

यसको साथै चिसो पानीले नुहाउँदा शरीरको प्रतिरक्षा शक्ति पनि चुस्त दुरुस्त हुने अनुसन्धानको नतिजाले पुष्टि गरेको छ ।

चिसो पानीले नुहाउनाले शरीरकोसञ्चार प्रणाली पनि मजबुत हुन्छ । यसकारण अबबाट चिसो पानीको सट्टा तातो पानीले नुहाउने कि ?

fitness_circulation_body