बजारको दूध असली कि नक्कली, यसरी छुट्याउनुहोस्

आजकल बजारमा पाइने दूधमा मिसावट हुनु सामान्य कुरा हो । सामान्यतः तपाईंले मिसावट भएको दूध छुट्याउन सक्नुहुँदैन । तर घरमै बसेर पनि केही यस्ता तरिकाहरु छन्, जसबाट हामी सजिलै मिसावट भएको दूध र असली दूध छुट्याउन सक्छौं ।

दूध मिसावटयुक्त छ कि छैन रु पत्ता लगाउन दूधलाई सुँघ्नुहोस् । यदि साबुनको जस्तो गन्ध आयो भने दूध मिसावटयुक्त हो ।

असली दूधको स्वाद हल्का मिठो हुन्छ भने नक्कली दूधको स्वाद डिटर्जेन्ट र सोडा मिसाइएको कारण कडा हुन्छ ।

दूधमा पानी मिलाएको छ कि छैन थाहा पाउन दूधलाई भाडोको एउटा कालो सतहमा छाड्नुहोस् । यदि दूधको पछाडि एउटा सेतो धर्सो देखियो भने दूध असली हो भन्ने थाहा पाउन सकिन्छ ।

असली दूधलाई हातमा रगड्दा कुनै चिप्लोपना महसुस हुँदैन । यदि, नक्कली दूध रहेछ भने हातको बीचमा डिटर्जेन्ट जस्तो चिप्लोपना महसुस हुन्छ ।
सक्कली दूधले स्टोर गर्दा पनि आफ्नो रंग बदल्दैन, जबकी नक्कली दूध केही समयपछि पहेंलो देखिन थाल्छ । मिसावट नगरिएको दूध उमाल्दा पनि यसको रंग बदलिंदैन, तर नक्कली दूध उमालेपछि पहेंलो रंगमा बदलिन्छ । एजेन्सी ।