मनबाट हटाउन मुस्किल यौनसम्बन्धी आठ मनगढन्ते कुरा

यौन संसारकै सबैभन्दा चर्चित शब्द हो । यसमा संसारका ९९ प्रतिश मानिसको चासो हुन्छ । यसका बारेमा केही मानसहरुको धारणा विज्ञानको अनुसन्धानले गलत सावित गरिदिएको छ । तर, यसबारे धेरै कुरा मानिसहरुले मनदेखि नै जानेका हुन्छन् । यौनका बारेमा त्यस्ता केही चीजहरु छन्, जो मानिसहरुका मनगढन्ते गफ हुन् ।

समलिंगीको कुनै जिन हुँदैन

संसारमा मानिसको ठूलो संख्या समलिंगी छ । तर विज्ञानले अनेक प्रयत्न गर्दा पनि यसको जेनेटिक्स पत्ता लगाउन सकेको छैन । अर्थात् मानिसमा समलिंगी भाव कसरी उत्पन्न गराउने कुनै विशेष जिन हुन्छ, तर यो कुरा वैज्ञानिकहरु मान्न तयार छैनन् । अहिलेसम्मको अनुसन्धानले भन्छ, हाम्रो वरिपरितको वातावरण र इच्छाशक्तिले मानिसमाथि प्रभाव पारिरहेको हुन्छ । त्यस्तो वातावरणले कुनै मानिसमा यस्तो भित्री असर पुर्याउँछ, जसले उसको इच्छाशक्तिमा समलिंगी भाव उत्पन्न गराउँछ । यी कुराहरुको तथ्य उसको डीएनए परीक्षणबाट पत्ता लाग्न सक्दैन ।

टेस्टोस्टेरेन्टबाट महिला कामोत्तेजित हुन्छिन्

पुरुष हरमाने टेस्टोस्टेरेन्टबाट महिलाहरुमा यौन उत्तेजना आउँछ भन्ने कुारको अहिलेसम्म कुनै प्रमाण फेला परेको छैन । उल्लेख्य महिलाहरु यौनउत्तेजना नहुने गुनासो बोकेर डाक्टरकहाँ पुगेका हुन्छन् । डाक्टरहरु पनि उनीहरुलाई टेस्टोस्टेरेन्टको सुई लिन सिफारिसत गर्छन् । तर अनुसन्धानले स्पष्टसँग भनेको छ, महिलाहरुको यौन चाहनामा टेस्टोस्टेरेन्टसँग कुनै साइनो हुँदैन । किन यस्तो हुन्छ भन्ने कुरा अहिलेसम्म कसैले पत्ता लगाउन सकेका छैनन् ।

बच्चाको लिंग र जटिलता

बाल्यकालमा लिंगबारे महसुस एकदमै थोरै हुन्छ । अधिकांश बालबालिका सोध्छन्, त्यो केटा हो कि केटी हो भनेर । तर उमेर बढ्दै गएपछि आफ्नो भूमिका उनीहरुले थाहा पाउँदै जान्छन् । त्यस्तामध्ये झण्डै १० प्रतिशत यस्ता हुन्छन् जो पछि गएर ट्रान्सजेन्डर बन्छन् । त्यस्ता बच्चाप्रति हामीले धेरै निगरानी राख्नुपर्छ । किनभने किशोर उमेरमा पहिचानको स।कट उत्पन्न भएर उसलाई डिप्रेसनतर्फ धकेल्न सक्छ । हतास मनस्थिति उत्पन्न भएर धेरै बच्चाले आत्महत्या गरेको उदाहरण समाजमा भेटिन्छ ।

लिंग पहिचानको समस्या पुरानै
यो हाम्रो पिँढीमा मात्र होइन, पुरुष हुन् वा महिला भन्ने कुरा परापूर्वकालदेखि चलिआएको छ । १९ औं शताब्दीमा फ्रेन्च कलाकार क्लाँड काहुनले पनि यो चुनौती सामना गर्नुपरेको थियो । उनी लुसीका रुपमा जन्मेका थिए, पछि उनले आफ्नो नाम क्लाउड राखे । फ्रान्समा यो नाम हिला वा पुरुष दुवैले राख्दछन् । आफ्नो लिंगबारे क्लाउडले भनेका थिए, ‘कहिले म पुरुष हुँ, कहिले महिला । वस्तु र परिस्थितिअनुसार भूमिका बदलिरहन्छ ।

धेरै जीवमा दुईभन्दा बढी लिंग हुन्छ
विशेषगरी हामी तमाम जीवनमा भाले र पोथी मात्र हुन्छ भन्ने ठान्छौं । भाले आफ्नै किसिमले प्रस्तुत हुन्छ भने पोथीले पनि त्यही आफ्नै किसिमको रुप प्रदर्शन गर्छिन् । लिंगअनुसारको व्यवहार सबैले गर्छन् । जस्तो मानिसमा केही समलिंगी हुन्छन्, कोही ट्रान्सजेन्डर हुन्छन् । त्यसैगरी अन्य जीवमा पनि केही भाले, कोही पोथी र कोही दुई लिंगे पनि हुन्छन् । ब्लुगिल सनफिसमा भाले नै तीन किसिमको भेटिन्छ । जब उसले विपरित लिंगीलाई लोभ्याउन प्रयास गर्छ, त्यसबेला भाले साथी पनि झुक्किन्छ ।

पुरुष र महिलाबाहेक नयाँ शब्द
नेपालीमा भाले र पोथी बुझाउनलाई पुरुष र महिला लेखिन्छ । अहिले तेस्रो लिंगीहरुले आफ्नो पहिचानका लागि बेग्लै शब्द चाहिने माग गरिरहेका छन् । राज्यले पनि उनीहरुका लागि अन्य शब्द राख्ने गरेको छ । अंग्रेजीमा ‘हि’ र ‘सि’ पुरुष र महिलालाई बुझाउन प्रयोग गरिने शब्द हुन् । तर यो वर्षदेखि अमेरिकन डायलेक्ट सोसाइटीले तेस्रो लिंगीका लागि ‘दे’ शब्द प्रयोग गर्ने भएको छ ।

यौनको आवश्यकता महसुस हुँदैन
संसारमा त्यस्ता धेरै मानिस सार्वजनिक भएका छन्, जसलाई यौनको आवश्यकता महसुस भएको छैन । समलिंगी विवाहले कानुनी मान्यता पाएपछि आफूलाई यौनको आवश्यकता हुँदैन भन्नेहरुको संख्या ह्वात्तै बढेको छ । अमेरिकामा त्यस्तो मानिसहरुको संगठन छ, जसको सुरुवाती सदस्य ३ सदय ९१ थियो, अहिले ८० हजार पुगेका छन् । उनीहरु ऐक्सुअल विभिविलिटी एन्ड एजुकेशन नेटवर्कमा आवद्ध छन् । अहिलेको जमाना त्यस्तो छ, हरेक कुरालाई यौनसँग दाँजेर हेरिन्छ । तर त्यो नेटवर्कका सदस्यहरु भन्छन्, आफू मात्र सुखी र खुसी रहन जीवनमा यौन त्यति आवश्यक चीज होइन ।

संसार मायाको शत्रु हो
संसारमा त्यस्ता धेरै मानिसहरु छन्, जसले एकपटक यौन सम्बन्ध राखेपछि प्रेममा मोहित हुन्छन् । अधिकांश मानिसहरु यौन सम्पर्क लुकाएर गर्छन् । तर सार्वजनिक रुपमा यौन सम्पर्क गर्नेहरु पनि भेटिन्छन् । त्यस्ता व्यक्तिलाई पोलिएमान्रस भनिन्छ । जो एकैपटक धेरैजनासँग माया साट्न चाहन्छन् । तर ती कुरा खुला समाजले स्वीकार गर्दैन । जो खुलारुपमा यौन सम्पर्क गर्दै हिड्छ, उसलाई समाजले राम्रो मान्दैन । समाजले त्यस्ता व्यक्तिको रहस्य बाल्यकालदेखि नै खोज्छ थाल्छ ।

त्यस्ता बच्चाको बाल्यकाल बेग्लै किसिमको पनि हुन्छ । आमा बुबाले बच्चाकै अगाडि सम्बन्ध राखेका हुन्छन् । उनीहरुले बेग्लाबेग्लै किसिमका व्यक्तिसँग भेटघाट गरिरहेका हुन्छन् । बाल्यकालमै उनीहरुले भित्री संसारको बहुरंगी रुप देखेका हुन्छन्, अधिकांश त्यस्ता व्यक्ति यौनका बारेमा उदार हुन्छन् ।
(बीबीसी हिन्दीबाट भावानुवाद