तपाइँ कुन बार जन्मिएको रु त्यसबाट थाहा पाउनुस् यी चामत्कारिक तथ्यहरु

ज्योतिष विज्ञानअनुसार बारका आधारमा व्यक्तिको स्वभाव फरक(फरक हुन्छ । आज हामी बार अनुसारको व्यक्तिको स्वभावबारे बताउँनेछौ‌ं ।
आइतबार
१. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोच र निकै विश्वसनीय हुन्छन् ।
२. अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
३. निकै संवेदनशील र कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइरहने खालका हुन्छन् ।
४. चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा अत्याधिक हुन्छन् ।
५. अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुन्छन् नै तर चाँडै रिसाउने बानीले सहयोग गर्ने व्यक्तिहरु रिसाउने गर्दछन् ।
६. पैसावाल हुन्छन् र आफ्नो बलबुतामा नै पैसा कमाउने कोसिस गर्छन् ।
७. कनै पनि कुरामा सम्झौता गर्दैनन् ।
८. सौन्दर्यलाई मन पराउँछन्, त्यसकारण आइतबार जन्मेका व्यक्तिहरु धेरैजसो प्रेम विवाह गर्ने गर्दछन् ।
९.आइतबार जन्मनेहरुले रुपरंगमा आफूले आफैलाई भाग्यमानी नै सम्झनुपर्नेछ ।
१०.आफ्नो सम्बन्धलाई निकै सम्मान गर्छन्, त्यसकारण झनक्क रिसाउने बानी भइकन पनि मानिससहरु  छोड्न चाहन्नन् ।
सोमबार
१. सोमबार जन्मेका व्यक्तिहरुको स्मरण शक्ति निकै तेज हुन्छ ।
२.  मृदुभाषी हुन्छन् तर निकै मुडी हुन्छन् ।
३.  निकै संवेदनशील हुन्छन्, त्यसकारण निकै छिटो निराश हुन्छन् ।
४. आफ्नो परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
५. सम्बन्धहरुले निकै महत्व राख्नेछ ।
६. पढाईमा तिक्ष्ण हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्नेछन् ।
७. सोमबार जन्मने महिलाहरु भविष्यमा निकै माया र हेरचाहा गर्ने श्रीमतीको रुपमा परिचित हुन्छिन् ।
८. सोमबार जन्मेका पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
९. आफ्नो सौन्दर्यमा निकै ध्यान दिन्छन् र सोमबार जन्मने मान्छेको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
१०. हुन त सबैलाई सम्मान गर्छन् तर मुडी स्वभावले  तनाव दिने गर्दछ ।
मंगलबार
१. मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र क्रियाशील हुने गर्दछन् ।
२. यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन्, जसकारण आफ्नो बलबुतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।
७. सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।
८. यस्ता व्यक्तिहरुले सजिलैसँग कसैलाई माफी दिँदैनन् ।
९. निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।
१०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।
११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
१२. एकोहोरो हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन्, तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।
बुधबार
१. बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र विजनेश माइन्डका हुने गर्दछन् ।
२. जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि  निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् ।
३. यिनीहरु सफा र स्वच्छ विचारधाराका मालिक हुन्छन् ।
४. नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।
५. कुरा गर्ने तरिका निकै प्रभावशाली छ ।
६. कुनै पनि कुरामा त्यति तनावमा नहुने भएका कारण यिनीहरुको जीवन निकै सन्तुष्ट हुन्छ ।
७. सकारात्मक सोचसँगै जीवनमा अघि बढ्ने गर्नाले निकै सफलता हात पार्छन् ।
८.धेरै रिस त उठ्दैन तर एकचोटी रिसाइसकेपछि रिस शान्त हुन निकै समय लाग्ने गर्दछ ।
९. कसैलाई पनि सजिलै माफी दिदैनन् । कुनै पनि व्यक्ति एक पटक मन नपरेमा ती व्यक्तिहरुले जे गरे पनि  प्रभावित तुल्याउन सक्दैनन् ।
१०. खर्चिलो स्वाभावको हुन्छन र आफ्नो निर्णय आफैँ लिन्छन् ।
११. वैवाहिक जीवन निकै सुखी हुन्छ किनभने आफ्नो पार्टनरको निकै हेरविचार गर्छन् ।
१२. तीब्र बुद्धि हुने भएकाकारण बुधबार जन्मिएका मानिसहरु प्रायः शैक्षिक क्षेत्रमा देखिन्छन् ।
बिहीबार
१. बिहीबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
२. मानिसहरुलाई निकै इज्जत गर्छन्, त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुन्छन् ।
३.  सफा र स्वच्छ विचारधाराका हुन्छन् ।
४. भित्र नेतृत्व गर्ने गुण हुन्छ, त्यसकारण जुन क्षेत्रमा काम गर्छन्, त्यहाँको उच्च पद अवश्य हाँसिल गर्छन् ।
५. निकै मेहनत गर्छन् र आफ्ना सामान हरु आफैले भनेको ठाउँमा होस् भन्ने चहान्छन् ।
६. स्वतन्त्रता मन पर्ने भएका कारण बन्धनमा बस्न चाहन्छन् ।
७. चाँडै नै मानिसहरुलाई विश्वास गर्छन् जसको प्रतिफल भोग्न पर्छ ।
८. धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् ।
९. स्टेट फरवार्ड हुन्छन् र सुन्दरताको प्रिय हुन्छन् ।
१०. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनीहरु प्रेम विवाह गर्छन् । उनीहरुको वैवाहिक जीवन सुखमय हुनेछ ।
११. स्वास्थ्यको दृष्टिकोणले बिहिबार जन्मेका व्यक्तिहरु धेरैजसो सानो–तिनो रोगको शिकार हुने गर्दछन्, जस्तै ज्वरो, पेट दुखाई अथवा टाउको दुखाई ।
१२. बिहिबार जन्मेका व्यक्तिहरु धेरै पैसा कमाउने गर्दछन् र मन खोलेर खर्च पनि गर्छन् ।
शुक्रबार
१. शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।
२. धेरैजसो रचनात्मक क्षेत्रमा देखिन्छन् ।
३. संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।
४. मधुर स्वरमा बोल्छन् र मनमोहक मुस्कानका मालिक हुनेगर्छ ।
५. निकै भावुक हुन्छन् जसकाकारण कहिलेकाँही तपाईं दुखी पनि हुनुहुनेछ ।
६. यदि पुरुष भए महिलाहरुमा र महिला भए पुरुषहरुमा लोकप्रिय हुन्छन् ।
७. आफ्नो सम्बन्धमा निकै सजक हुन्छन् तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछ ।
८. निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम हुन्छन् ।
९. रिस निकै कम आउँछ, तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ ।
१०. राम्रा गुणहरु नै यिनीहरुका लागि नराम्रो साबित हुन्छ ।
११. धनको कमी हुँदैन तर तपाईं त्यसलाई वचत गर्न सक्दैनन् ।
१२. प्रत्येक कुराहरुमा सफलता निकै ढिलो पाउँछन् तर जब पाउँछन् स्थायी रुपको हुन्छ, अर्को शब्दमा भन्नुपर्दा मेहनती र लगनशील हुन्छन् ।
शनिबार
१. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
२. निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुन्छन् । अर्को शब्दमा भन्ने हो भने  हरेक कुरामा परफेक्ट हुन्छन् ।
३. हाइक्लास वस्तुहरु मनपराउँछन् । लगाउने लुगादेखि जुत्तासम्मले हाईक्लास पर्सनालिटी झल्काउँछ ।
४. हुन त सफा मनको हुन्छन् तर कहिले काँही स्पष्ट वक्ताको रुपमा आलोचना पनि हुने गर्दछ ।
५. कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुने स्वभाव हुन्छ।
६. पैसावाला हुन्छन्, तर  छिट्टै पैसा खर्च गर्दैनन् ।
७. संगीत र खेलमा रुची हुन्छ ।
८. रिस उठेपछि नराम्रो सँग उठ्छ, भने गलत कुराहरुलाई सहन सक्दैनन् ।
९. जिद्दि गर्छन् र आफूले भनेकोजस्तै हुनुपर्छ भन्ने विचार राख्छन् ।
१०. कसैलाई पनि ठेस पुर्याउन चाहदैनन् ।
११. वैवाहिक जीवन सुखमय हुन्छ ।