आकर्षक युवतीहरुको देश, जहाँ विश्वभरका केटाहरु दुलही खोज्न जान्छन्

एजेन्सी, माघ,२९ – मानिसहरु सकेसम्म आफ्नी प्रेमिका वा श्रीमती राम्रै होस् भन्ने चाहन्छन् । कतिपय त बिहे गर्ने बेलामा अनुहार राम्रो नभएकै कारण पनि पन्छिने गरेको समेत पाइन्छ । तर रुसमा सुन्दरी युवतीहरु पाइने देशको रुपमा चिनिएको छ । तपाई यो सुनेर चकितमा पर्नुहुनेछ कि संसारभरिबाट दुलही खोज्न मानिसहरु रुस पुग्छन् । खासगरी रुसमा चीनका युवा दुलही खोज्न रुस पुग्छन् ।

चीनमा युवतीहरु कम भएकाले त्यहाँ केटाहरु चिन्तित बन्ने गरेको बताइएको छ । जसकारण चीनका अधिकांश केटाहरुका लागि विवाह गर्नका लागि केटी पाइरहेका छैनन् । त्यसैले चीनका केटाहरु दुलही खोज्नलाई दोस्रो देश जानु परेको छ । चीनका केटाहरु रुसको साइबेरिया जाने गरेका छन् । किनकी त्यहाँका युवतीहरु निकै आकर्षक हुन्छन् ।

रुसमा यसको व्यवसाय नै बनिसकेको छ भन्दा तपाई आश्चर्यमा पर्नुहुनेछ । जसलाई ‘वाइफ टुरिजम’ भनेर भन्न थालिएको छ ।

रिपोर्टका अनुसार रुसमा दुलही खोज्न सजिलो नै छ । किनकी त्यहाँ कानुनद्वारा मान्यता प्राप्त म्यारिज एजेन्सीहरु छन् जसले यसका लागि पहल गरिदिन्छन् । यतिमात्र होइन म्यारिज एजेन्सीहरुले केटीलाई आकर्षित पार्नका लागि केटाहरुलाई केही टिप्सहरु समेत दिने गरेको छ ।

केटा-केटी विवाह गर्नका लगि राजी भएमा रुसको नियमबमोजिम विवाह गर्नुपर्ने मान्यता छ ।